Sunday, April 25, 2010

विद्यालय तोडफोड, ५ जना पक्राउ

निजि विद्यालय बन्द गराउदै हिँडेका अनेरास्वियु क्रान्तिकारीका ५ जना जिल्ला स्तरीय नेताहरू पक्राउ परेका छन् । अनेरास्वीयु क्रान्तिकारीका जिल्ला सचिव प्रकाश बि.क, सहसचिव रामप्रसाद शर्मा, जिल्ला सदस्यहरू गोकुल बोहोरा, सज्जन बोहोरा र वकील भण्डारीलाई आईतबार दिउँसो करीब ११ बजे प्रहरीले बेनीको बिरेन्द्रचोकबाट पक्राउ गरेको हो । सो संगठनले निजि विद्यालयले वृद्धी गरेको शैक्षिक शुल्क फिर्ता गर्न माग गर्दै आईतबारदेखि अनिश्चितकालीन रुपमा निजी विद्यालय बन्द आव्हान गरेको थियो । विद्यालय बन्द गराउने क्रममा अनेरास्ववीयु क्रान्तिकारी सम्बद्ध विद्यार्थीहरूले सदरमुकाम स्थित बेनी आवाशिय मावि र बुद्ध एकेडेमीमा तोडफोड गरेका छन् । तोडफोड गरेपछि उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । उनिहरूले बेनी आवाशिय माविको सटर र टेवुलको सिसा तथा वृद्ध एकेडेमीको टेलुलको सिसा तोडफोड गरेका छन् । निजी विद्यालयहरूले पर्ूव जानकारी बिना बन्द आव्हान भएको र बन्द गर्ने विषयमा छलफल भईरहेका समयमा तोडफोड भएको जनाएका छन् ।

No comments: