Tuesday, April 27, 2010

बिद्यार्थी समूहबीच झडप पत्रकार सहित ५ विद्यार्थी घाइते

न्यु मोर्डन एकेडेमी बर्ुर्तिबाङ बागलुङमा अध्ययनरत बिद्यार्थीबीचको झगडाको बिषयलाई लिएर भएको झडपमा एक पत्रकार सहित ५ विद्यार्थी र्घाईते भएका छन् । न्यू मोर्डन एकेडेमी बर्ुर्तिबाङ बागलुङमा कक्षा ११ मा अध्ययनरत अखिल क्रान्तिकारी र्समर्थक बिद्यार्थी विरेन्द्र खरेल र अखिल छैठौका र्समर्थक पुजन बुढाबीच भएको विवादका विषयलाई लिएर वाइसिएलले बिद्यालय भित्र पसी बर्ुर्तिबाङ साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक प्रकाश रेग्मी सहित अन्य २ बिद्यार्थी र्घाईत भएका हुन् । घाइते मध्ये दीपक र्घर्तीको अवस्था गम्भिर भएको र बर्ुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचार हुन नसकी बुटवल रिफर गरिएको छ भने घाइते पत्रकार रेग्मी र पुजन बुढाको बर्ुर्तिबाङमा उपचार गरीयको बर्ुर्तिबाङ स्वास्थ्य केन्द्रका डाक्टर जीवन थापाले बताउनुभयो । बिद्यार्थी बीच मगलबार बिहान भएको विवाद साम्य भएको अवस्थामा एकीकृत नेकपा माओवादी समर्थित चन्द्र अर्याल, छम सेन लगायतकेा टोली विद्यालय भित्र प्रवेश गरी बिद्यार्थीहरु पुजन बढुा र दीपक र्घर्तीलाई मरणासन्न हुनेगरी कुटपिट गरेको अखिल छैठौले जनाएको छ भने समाचार सङ्कलनका क्रममा बर्ुर्तिबाङ साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश रेग्मीलाई ढुंङ्गाले टाउकोमा आक्रमण गरेको जनाइएको छ । यता अखिल क्रान्तिकारीले भने राष्ट्रिय जनमोर्चाका कार्यकर्ताद्धारा आफ्नो संगठनका बिरेन्द्र खरेल, दिलिप कार्की र प्रविन सिँजाल्ाी लगायतका बिद्यार्थी घाइते भएको केन्द्रिय सदस्य राजीब घिमिरेले बताउनुभयो । उहाँले अखिल छैठौका सुजित कँुवर, पुजन बुढा लगायतको समूहले आफ्ना कार्यकर्तालाई रड, भाला प्रयोग गरी घाइते बनायको दाबी गरेको छ क्रान्तिकारीको देशभर निजि शैक्षिक संस्था अनिश्चितकालिन बन्द गर्ने कार्यक्रम रहे पनि क्रान्तिकारीकै अनुमतिमा कक्षा ११ को पठन पाठन सञ्चालन गरिरहेका बेला भयको बिवाद झडपमा परिणत भएको जनाइएको छ । बन्दका कारण कक्षा १ देखि १० सम्मको पठन-पाठन भने बन्द गरिएको बिद्यालयका प्रधानाध्यापक धनबहादुर कुँवरले जानकारी दिनुभएको छ । २०६७ बैशाख १४ गते दिउँसो १२.ं१५ बजे गणेश पौडेल बागलुङ बैशाख १४ गते ।

No comments: