Thursday, April 29, 2010

निलगिरिको शेयर नतिजा प्रकाशन

निलगिरि विकास बैङ्क बेनीले गत फागुन र चैत महिनामा संकलन गरेको शेयर आवेदनको शेयर कित्ता प्रकाशन भएको छ । १ सय रुपैया बराबरका एक लाख ५० हजार कित्ता शेयरका लागि ३० लाख कित्ता बराबरको आवेदन परेको थियो । ३१ हजार ९ सय ९४ जनाले आवेदन दिएका मध्येमा ७ हजार ९ सय ४७ जनाको सेयर आवेदन स्वीकृत भएको छ । आवेदन अस्विकृत भएकाहरूको आईतबारदेखि नगद फिर्ता गर्न सुरु गरिने बैङ्कका अधिकृत अनुमान श्रेष्ठले बताउनुभयो । २०६७ बैशाख १५ गते १२.15 बजे सन्तोष गौतम

No comments: