Tuesday, April 27, 2010

विद्यालय बन्द, विद्यार्थी नदीमा

ओवादीसंवद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शुल्क बृद्धीको आरोपमा निजी विद्यालय बन्द गरेपछि फुर्सदिला बनेका बेनिका स्कुले विद्यार्थी पौडि खेल्न सदरमुकामका म्याग्दी र कालि खोलामा थुप्रने गरेका छन् । विद्यालय बन्द गरिएपछि सयौं बालबालिकाहरु अभिभावकको आखा छल्दै गाडीको ट्युव सहित पौडि खेल्न नदीमा पुग्ने गरेका हुन् । गर्मी हृवात्त बढेपछी छुट्टीको मौका छोपेर बालबालिका नजिकका नदीमा पुग्ने गर्छन् । पौडि खेल्न राम्रो नजान्नेहरु पनि टायरको ट्युव, भलिवल र खाली जर्किनहरु बोकेर नदीमा पुगेका छन् । नदीमा मनलाग्दो खेल्न र डुल्न पाईने भएकोले विद्यार्थीहरु खुशी भएपनि अभिभावक भने नानीबाबुलाई नदीले बगाउला भन्ने चिन्ताबाट सताईएका छन् । 'स्कुल बन्द वा छुट्टी भयो कि दिनभर हैरान हुन्छ, कता केटाकेटी नदीमा पूग्छन र बगाउछ भन्ने टेन्सन भै रहन्छ' पौडी खेल्न म्याग्दी नदीमा पुगेको छोरो खोज्दै हिंडेकी अभिभावक निरा थापाले बताउनु भयो । चैतदेखी जेठ महिनासम्म म्याग्दी र कालीगण्डकी किनारामा छुट्टीको मौका छोप्दै बालबालिकाहरु पौडी खेल्न नदीमा भिड लाग्ने गर्छ । राम्रोसंग पौडि खेल्न नजान्नेलाई नदीले बगाउने पनि गरेको छ । केही हप्ता अघि पौडि खेल्न पुगेकी एक बालिकालको म्याग्दी नदीमा दुबेर मृत्यु भयको थियो । साथीभाई र अग्रजहरुको पछिलागेर नदीमा जाने साना बालबालिकालाई बढी बगाउने गरेको छ । प्रहरीका अनुसार हरेक वर्षदर्ुइ जना बालबालिकालाई नदीमा पौडी खेल्न क्रममा बगाउने गरेको छ । बालबालिकाले नदीमा पौडी खेलेर रमाईलो मात्र गर्दैनन्, किनारामा बसेर गाजा र चुरोट समेत तान्ने गर्छन् । २०६७ वैशाख १४ गते दिउसो १२.१५ वजे रुप्से साप्ताहिक म्याग्दी बेनी

No comments: