Thursday, April 29, 2010

बिद्यार्थी बीच झडप ७ घाइते, पत्रकार कुटिए

बर्ुर्तिबाङ गाविस-१ बर्ुर्तिबाङ बजारस्थित न्यू मोर्डन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुबीच मगलबार बिहान अखिल छैठौ र क्रान्तिकारीबीचको विवादपछि भएको झडपका कारण वाइसीएलको एक समुहले विद्यालयमा प्रवेश गरी पत्रकार र छैठौका कार्यकर्तालाई कुटपिट गरेका छन । कुटपिटबाट न्यू मोर्डन एकेडेमी कक्षा ११ का विद्यार्थी पुजन बुढा र दिपक र्घर्ति गंभिर घाइते भएका छन् । घाइते दुवैजनालाई बर्ुर्तिबाङ प्ा्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको डाक्टर जीवन थापाले जानकारी दिनुभएको छ । वाइसीयल कार्यकर्ताले सोही विद्यालयका शिक्षक रहेका बर्ुर्तिबाङ साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश रेग्मीलाई समेत कुटपिट गरेका छन् । विद्यालयमा प्रवेश गरेर विद्यार्थीमाथि कुटपिट गरेको भन्दै सो विद्यालयका विद्यार्थीहरुले विद्यालय तथा बर्ुर्तिबाङ बजार बन्द गराएको थिय । क्रान्तिकारी र छैठौका विद्यार्थीहरुबीच राजनीतिक विषयमा छलफल भैरहेको समयमा छैठौका पुजन बुढाले क्रान्तिकारीका एरिया सदस्य तथा सो विद्यालयका इकाइ अध्यक्ष विरेन्द्र खरेल र दिलिप कार्कीलाई कुटपिट गरेका थिए । कुटपिटबाट उनीहरुसंगै प्रविण सिंजाली पनि घाइते भएको अनेरास्ववियू क्रान्तिकारीले जनाएको छ । छैठौका विद्यार्थीको कुटपिटबाट घाइते भएका क्रान्तिकारीका विद्यार्थीहरु बर्ुर्तिबाङ विद्यालयबाट बाहिरिएपछि बजारबाट चन्द्र अर्याल, छम सेन लगायतका वाइसीयलका जिल्ला नेताहरुको नेतृत्वमा १०/१२ जनाको कार्यकर्ताको समुह विद्यालयमा प्रवेश गरी कक्षा कोठामा थुनेर छैठौका विद्यार्थीलाई कुटपिट गरेको पीडितले बताएका छन् । विद्यालयमा विद्यार्थीमाथि भएको कुटपिटको विरोध गर्दा 'तै होइनस समाचार छाप्ने पत्रकार' भन्दै आफुमाथि कुटपिट भएको सो विद्यालयका शिक्षक समेत रहेका बर्ुर्तिबाङ साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश रेग्मीले बताउनुभयो । अखिल क्रान्तिकारीको बन्दका कारण कक्षा १० सम्म बन्द गरिए पनि ११ कक्षामा स्थानीय स्तरमा सहमति गरेर पढाइ सञ्चालन भएको र पढाइकै क्रममा छलफल हुने क्रममा विवाद भएको विद्यालयले जनाएको छ । घटनाका विषयमा अखिल छैठौले एक विज्ञप्ती प्रकाशित गरी वाइसीयलका चन्द्र अर्याल सहितका व्यक्तिहरुले विद्यालयमा प्रवेश गरेर कक्षा ११ का विद्यार्थी पुजन बुढा, दिपक र्घर्ति र सुदिप कुँवरलाई कुटपिट गरेको जनाएको छ । छैठौका जिल्ला सचिव भीमलाल पोखरेलले प्रकाशित गरेको विज्ञप्तीमा उक्त घटना विद्यालयका शिक्षकलाई धम्क्याउनुका साथै पत्रकारमाथि समेत हातपात गर्ने कार्यप्रति खेद प्रकट गर्नु भएको छ । यसैबीच अनेरास्ववियू क्रान्तिकारी जिल्ला समिति बागलुङका अध्यक्ष पदम खत्रीले एक विज्ञप्ती प्रकाशित गरी अखिल छैठौका विद्यार्थीले क्रान्तिकारीका विद्यार्थीलाई भाला, रड र खुकुरी प्रहार गरेर क्रान्तिकारीका दिलिप कार्की, विरेन्द्र खरेल र प्रविण सिंजालीलाई घाइते बनाएको जनाउनु भएको छ । बर्ुर्तिबाङ साप्ताहिकका प्रधानसम्पादक लोकेन्द्र निरासीले एक विज्ञप्ती प्रकाशित गरी विवाद नगर्न आग्रह गर्दा पत्रकार प्रकाश रेग्मीलाई समाचार छाप्ने पत्रकार तै होइनस भन्दै विगतका समाचारको विषयलाई लिएर कुटपिट गर्ने कार्य नियोजित भएको भन्दै उक्त कार्यको भर्त्सना गर्नु भएको छ । शिक्षकलाई धम्क्याउने, विद्यार्थीलाई कुटपिट गर्ने र पत्रकारलाई समाचारको विषयलाई लिएर कुटपिट गर्ने कार्यमा संलग्नलाई कार्वाही गर्न विज्ञप्ती मार्फ आग्रह गरिएको छ । २०६७ बैशाख १४ गते साझ ७.०० बजे गणेश पौडेल बागलुङ बैशाख १४ गते ।

No comments: