Sunday, April 25, 2010

धौलागिरि सेलर मिल सञ्चालनमा

पर्वतको माझफाँट गाविस २ मा लामाखेतमा स्थापित धौलागिरि सेलर मिलले शनिबारदेखि चामल उत्पादन शूरू गरेको छ । धौलागिरि अंञ्चलमै पहिलो पटक स्थिापित मिलको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा धौलागिरि अञ्चल प्रतिनिधी प्रमोद कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले अञ्चलको गौरवको रूपमा स्थापीत उद्योगले यहाँको कृषी, रोजगारी र ब्यापार ब्यवसाय क्षेत्रको विकासका लागि महत्वपर्ूण्ा योगदान गर्ने बताउनुभयो । म्याग्दी, बागलुङ र पर्वतका कृषकले उत्पादन गरेका र तर्राईबाट आयात गरिएको धान प्रशोधन गरेर मुक्तीनाथ ब्राण्डको चामल उत्पादन गर्ने उद्योग सञ्चालकहरूले बताउनुभएको छ । उद्योगबाट दैनिक ८ देखि १० टन चामल उत्पादन गर्न सकिन्छ । स्थानीय ७ जना उद्योगीबाट स्थापित उद्योगमा उत्पादीत चामल स्थानीय बजारमा खपत हुने जनाइएको छ । १ करोड रुपैया लगानीमा उद्योग स्थापना भएको हो । उद्योग सञ्चालकले छिट्टै ब्यवसायीक रूपमा माछापालन र कुखुरापालन पनि शूरु गर्ने जनाएका छन् । उद्घाटन कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष र्सर्ुयप्रसाद मर्सर्ाा, पर्वत उद्योग वाणिज्य संघका दितिृय उपाध्यक्ष नेत्र पराजुली, नेपाल बैङ्क लिमिटेड म्याग्दी शाखाका अधिकृत र्सर्ुय बराल, माझफाँट गाविसका सचिव त्रीलोचन अर्याल र समाजसेवी अंगद श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्योग सञ्चालक समितिका अध्यक्ष बिजयकुमार श्रेष्ठको सभापतित्व र सचिव चन्द्रप्रकाश बर्राईलीले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थापक बाबुराम आचार्य र अजयमीलन श्रेष्ठले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

No comments: