Sunday, April 25, 2010

म्याग्दीमा उत्पादीत मह बिदेशी बजारमा

म्याग्दीमा उत्पादीत महका लागि अर्न्तराष्ट्रिय बजारबाट माग आउन थालेको छ । अमेरीकी र अरेवीयन मुलुकबाट महको माग आउन थालेको कृषकहरूले बताएका छन् । म्याग्दीमा माहुरीपालन गर्नुको अलवा भिरपहरामा भिर माहुरीबाट मह उत्पादन हुन्छ । अमेरीका, जापान, कोरीया, भारत, साउदी अरव र कतार जस्ता मुलुकका ठूला होटल र ब्यापारी केन्द्रबाट महको माग आउने गरेको ज्याम्ारुककोट भकुण्डेका कृषक जितबहादुर थापाले बताउनुभयो । "बिदेशी बजारबाट मनि महका लागि माग आउन थालेको छ" कृषक थापाले भन्नुभयो "स्थानीय बजारको माग धान्न पनि सकिएको छैन् ।" बिदेशी बजारको माग न्युन मात्रामा पुरा गर्न सकिएको थापाले बताउनुभयो । राजधानी र पोखराका ब्यापारीक केन्द्रमार्फ महको माग आउने गरेको हो । हिस्तान, दग्नाम, चिमखोला, मुदी, गर्ुजा, लुलाङ लगायतका ठाउँमा पनि भिरमह निकाल्ने गरिन्छ । घरमह ६ सय र भिरमह ८ सय रुपैयाका दरले बिक्री हुने गरेको छ । शक्तिवर्द्धक महलाई खाना र खाजासंग मिलाएर खाने चलन छ । "मह किन्न ब्यापारी घरमै आउँछन" बेग तिप्ल्याङकी रामकुमारी पर्ुजाले भन्नुभयो "भिरमह किन्ने ग्राहक खोसाखोस गर्दै घरमै आएका छन् ।" उहाँले यो सिजनमा ३ सय लिटर भिरमह बिक्री गरेको जानकारी दिनुभयो ।

No comments: