Friday, April 30, 2010

जलविद्युत परियोजनाले स्थानीयबासीमा उत्साह

म्याग्दीको नारच्याङ गाविसमा २ वटा जलविद्युत परियोजना निर्माण हुने तयारी भएपछि स्थानीयबासीमा उत्साह छाएको छ । नारच्याङमा १ सय ६४ मेघावाट क्षमताको कालिगण्डकी गर्ज र ४२ मेघावाट क्षमताको मिस्त्रीखोला जलविद्युत परियोजना निर्माण हुने तयारीमा छन् । गर्जले मुअब्जा वितरणसंगै वातावरणीय अध्ययन गरिरहेको छ भने मिस्त्रीखोला पिपिए -र्सार्वजनीक खरिद सम्झौता) प्रक्रीयामा छ । २० देखि २५ अर्व लगानी हुने गर्जका लागि हाईड्रो सोलुसन र मिस्त्रीखोलाका लागि रोवस्र्टर् इनर्जि कम्पनीले सरकारबाट अनुमती पाएर प्रक्रिया अगाडी बढाएका हुन । देशमा चर्को लोडसेडीङ भईरहेका समयमा जलविद्युत परियोजना सञ्चालन हुँदा विभिन्न अवसरहरू सृजना हुने भएपछि स्थानीयबासी उत्साहीत भएका छन् । प्राकृतीक सम्पदाको सदुपयोग हुनुका साथै विकास निर्माण, रोजगारी जस्ता अवसर सृजना हनेभएकाले स्थानीयमा उत्साह छाएको जनजागरण युवा क्लव नारच्याङ गाडपारका अध्यक्ष ओमबहादुर बुढाथोकीले बताउनुभयो । "जिल्लाकै गौरवको रुपमा रहेको परियोजना कार्यान्व्यन हुने खबरले स्थनीयबासी उत्साहीत भएका छन्" अध्यक्ष बुढाथेकीले भन्नुभयो । परियोजनाका कारण हालसम्म विकासमा पछि परेको सो गाउँमा विकासका पर्ुवाधार निर्माणले त्रि्रता पाउने स्थानीयको आशा छ । गर्जको विद्युत गृह रहने स्थान नारच्याङ घरापमा करिब २ सय रोपनी जग्गा अधिकरणका गरि २ करोड भन्दा बढी मुअब्जा वितरण भइसकेको छ भने मिस्त्रीखोलाले पनि सो तयारी गरेको छ । गर्जका लागि मुस्ताङको लेते र कुञ्जो गाविसको सिमानामा कालिगण्डकी नदी बाँध थुनेर ५ किलोमिटर सुरुङबाट पानी ल्याई घरापमा खसाली विद्युत उत्पादन गरीने परियोजनाका प्रमुख कुमार पाण्डेले बताउनुभयो । प्रमुख पाण्डेका अनुसार अवको ७ महिनापछि परियोजनाको भौतीक पर्ुवाधार र सुरुङमार्ग गर्ने काम सुरु हुनेछ । परियोजनामा स्थानीय जनशक्तिलाई उच्च प्राथमिकता दिने र लगानीको अवसर पनि प्रदान गरिने कम्पनीले जनाएको छ । २०६७ बैशाख १६ गते दिउँसो ४ बजे सन्तोष गौतम

No comments: