Thursday, April 29, 2010

साढे तीन करोडको अनुकूलन कोष स्थापना

सामुदायिक वनमा आगलागी तथा जलवायु परिवर्तनबाट मानवीय क्षेत्रमा हुने असर कम गर्न अनुकूलन कोष परिचालन गरिएको छ । गर्मीयामसँगै आगलागी लगायतका घटनामा परी मृत्यु हुनेका परिवार तथा घाइतेलाई सहयोगका लागि कोष स्थापना गरिएको हो । र् पर्वत, बागलुङ्ग र म्याग्दी गरी तीन जिल्लाका ५०२ सामुदायिक वनमा जीविकोपार्जनका लागि वन कार्यक्रम -एलएफपी) को सहयोगमा सो अनुकूलन कोष स्थापना गरिएको हो । कोषका लागि पर्वतमा रु एक करोड ३० लाख, बागलुङमा रु एक करोड २० लाख र म्याग्दीमा रु एक करोड वितरण गरिएको कार्यक्रम संयोजक लीलानाथ पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार सामुदायिक वन उपभोक्ता समितिलाई कोष स्थापनाका लागि रु २५ हजारदेखि रु एक लाखसम्म वितरण गरिएको छ ।

No comments: