Thursday, April 29, 2010

मुअब्जाका विषयमा सुझाव संकलन

म्याग्दीमा निर्माण हुन लागेको राहुघाट जलविद्युत आयोजनाले अधिकरण गर्ने जमिनको मूल्य निर्धारण गर्न मूल्याङ्कन प्रक्रिया सुरु गरीएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमनिधी तिवारीको नेतृत्वमा आयोजना, जिल्ला मालपोट कार्यालय र स्थानीय निकायका कर्मचारी सहभागी टोलीले मंगलबार स्थानीयबासीबाट सुझाव संकलन गरेको छ । आयोजना प्रभावित राखु पिप्ले र मौवाफाँट क्षेत्रका बासिन्दासंग जग्गाको मूल्यको बारेमा जानकारी लिएको पिप्ले टोलीमा सहभागीे गाविसका सचिव दयाराम पौडेलले जानकारी दिनुभयो । स्थानीयबासीले टोली समक्ष जग्गाको स्तर अनुसार प्रतिरोपनी रू. ४ देखि ८ लाख रुपैया मुअव्जा दिन अनुरोध गरेका छन् । आयोजनाको निर्माण प्रक्रियाका लागि नेपाल विद्युत प्राधिकरणले गत कात्तिकमा जग्गा अधिकरण प्रक्रिया सुरू गरेको थियो । ७ अर्व रुपैया लगानी हुने अनुमान गरिएको आयोजनाको बाँढ झिँ र दग्नाम गाविसको सिमानामा रहने छ । भारत सरकारको ऋण, नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण हुन लागेको आयोजना आगामी ५ वर्षभत्र पुरा गर्ने जनाईएको छ । संरचना निर्माणका लागि निर्माण कम्पनी छनौट प्रक्रिया चलरहेको आयोजनाका निर्देशक बुद्धकृष्ण मानन्धरले जानकारी दिनुभयो । २०६७ बैशाख १६ गते सुरज के सी- सन्तोष गौतम

No comments: