Friday, April 23, 2010

"एक युवा, एक बिरुवा" अभियान

जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गर्न सरोकारवालाको ध्यानाकर्षा गराउँदै समुदायलाई सचेत पार्न म्याग्दीमा "एक युवा, एक बिरुवा" अभियान सञ्चालन हुने भएको छ । शुक्रबार जोमसोममा सम्पन्न म्याग्दी जेसीजको तेस्रो साधारण सभाले सो अभियान सञ्चालन गर्ने निर्ण्रगरेको हो । मानविय लापरबाहीका कारण उत्पन्न बढ्दो वायु प्रदुषण, तापक्रम वृद्धी जस्ता समस्या नियन्त्रणका लागि समुदाय र सरोकारवालाको ध्यानकर्षा गराउन अभियान सञ्चालन गर्ने तयारी भएको शाखा सहसचिव सृजना बर्राईलीले बताउनुभयो । साधारणसभाबाट पहिलो चरणमा बैशाख महिनादेखिनै अर्थुङ्गे गाविसको १ र २ नम्बर वडाका युवाहरूलाई परिचालन गरेर अभियान सञ्चालन गर्ने निर्ण्र्भएको निवर्तमान शाखा अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभएको छ । "नमुना अभियानका रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौ" सहसचिव बर्राईलीले भन्नुभयो "बेनीबाट सुरु भएको अभियान जिल्लाका सबै ठाउँ, धौलागिरि अञ्चलका चारै जिल्ला र देशब्यापी रुपमा सञ्चालन हुनेछ ।" सरकारी र गैरसरकारी संस्थाहरूसंग समन्वय गरेर युवा, विद्यार्थीलाई अभियानमा सहभागी गराउने निर्ण्र्ााभएको शाखा अध्यक्ष रामकृष्ण बर्राईलीले बताउनुभयो । एक जना युवाले कम्तिमा एक वटा बिरुवा अनिवार्य रोप्नुपर्नेछ । "जसले रोपेको बिरुवा हो सो बिरुवाको गमलामा पनि सोही व्यक्तिको नाम लेखिनेछ" निर्वतमान शाखा अध्यक्ष श्रेष्ठले भन्नुभयो "व्यक्तिगत जमिन, र्सार्वजनीक ठाउँ, मैदान, सडक वरपर, नदी किनार सबैमा बिरुवा रोप्न सकिनेछ ।" २०६७ बैशाख १० गते दिउँसो १२.१५ बजे

No comments: