Saturday, April 24, 2010

नेकपा एमाले भगवति गाउँ कमिटिको दोस्रो गाउ अधिवेशन सम्पन्न

भगवति गाउँ कमिटिको दोस्रो गाउ अधिवेशनको उदघाटन मन्तव्य व्यक्त गर्दै केन्द्रिय सदस्य एवं सभासद् थममाया थापाले सरकारको कुरा निकालेर एकिकृत नेकपा माओवादीले संविधान बन्न नदिने षडयन्त्र गरेको आरोप लगाउनु भएको छ । अहिलेको समय संविधान निर्माणका लागि पर्याप्त नभएकाले समय थप गरेर भएपनि नयाँ संविधान जारी गर्नुपर्ने सभासद् थापाको भनाई थियो । उहाँले जनचाहना अनुसारको संविधान जारी गर्न एमाले नेतृत्वको सरकार सक्षम रहेको बताउनुभयो । त्यसैगरी नेकपा एमालेका केन्द्रिय सदस्य गणेश तिमिल्सेनाले नयाँ संविधान निर्माण गरी शान्ति प्रक्रियालाई निश्कर्षा पुर्‍याउन माधवकुमार नेपाल नेतृत्वको वर्तमान सरकारको विकल्प नभएको बताउनुभयको थियोे । कम्यूनिष्टहरू एक हुन नसकेसम्म राजनितिक अस्थिरताको अन्त्य नहुने तिमिल्सेनाको भनाई थियो । उहाले नेपाल नेतृत्वको वर्तमान सरकारलेनै नयाँ संविधान निर्माण गरि जारी गर्ने बताउनुभएको छ । कार्यक्रममा एमाले पर्ुव अञ्चल कमिटि सचिव नवराज शर्माले समयमै संविधान जारी गर्न वर्तमान सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष देबेन्द्र के सी, युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य बालकृष्ण सुवेदीे, युवा संघ नेपालका म्याग्दीका सदस्य गणेश खत्रि, अनेरास्ववीयु म्याग्दीका सदस्य भगवान कार्की, स्थानिय समाजसेवि देबेन्द्र बहादुर मल्ल आदीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । बाजगाजा सहीतको -यालिले गाउ परीक्रमा पछी गाबिस भबन प्रागणमा आयोजित कार्यक्रम गाउ अधिवेशन आयोजक समितिका अध्यक्ष अेामबहादुर भण्डारीको सभापतित्व, रामचन्द्र सुबेदीको स्वागत मन्तव्य र भगवान खत्रिको सञ्चालनमा सम्पन्न भएको थियो । अधिबेशनले सचिब अमर बहादुर खत्रिले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदनलाई र्सब सहमतिले पारीत गरेका छ । अधिबेशनको बन्द सत्रले बालाजि के.सीको अध्यक्षतामा २१ सदश्यिय भगवति गाउ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा मिन भण्डारी, सचिबमा ध्रुब सुवेदी र उप सचिबमा भेष बहादुर भण्डारी देउपर्ुण्ा चयन हुनु भयको छ । त्यसै गरी सदश्यमा लक्ष्मी कार्की, बालकृष्ण कार्की,अमर बहादुर खत्रि,शिब प्रसाद के सी,राम कुमार खत्रि,डम्मर बहादुर बि क,याम बहादुर के सी,अनिता के सी,हरीकला शर्मा,भिम बहादुर बि क,ओम बहादुर भण्डारी,डेक बहादुर भण्डारी,नरबहादुर भण्डारी,ठान बहादुर भण्डारी, लोक बहादुर भण्डारी चयन हुनु भयको छ । २०६७ बैशाख ११ गते विहान १० बजे सुरज केसी

No comments: