Friday, April 30, 2010

सिमाको प्रहरी सदरमुकाममै

तिब्बतसंग जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङमा सिमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलको टोली लामो समयदेखि सदरमुकाम जोमसोममै बस्दै आएको छ । चीनले स्वतन्त्र तिब्बतका लागि गतिविधि हुनसक्ने भन्दै सुरक्षा चासो देखाएपछि लोमान्थाङमा सशस्त्र प्रहरी टोली पठाएको थियो । पर्वतको सदरमुकाम कुश्मास्थित सशस्त्र प्रहरीबल चण्डिका गणबाट गएको प्रहरी टोली दर्ुइ महिनादेखि जोमसोममै बसेको हो । सिमा क्षेत्रमा बस्नुपर्ने प्रहरी टोली अहिलेसम्म जोमसोमस्थित जिल्ला विकास समितिको अतिथि गृहमा बस्दै आएको छ । गत फागुन १ गते सशस्त्र प्रहरी नायव उपरिक्षक नारायण क्षेष्ठको नेतृत्वमा ४६ जनाको प्रहरी टोली सिमा सुरक्षा र चीन विरोधी गतिविधि नियन्त्रणका लागि कुश्माबाट मुस्ताङतर्फगएको थियो । मुस्ताङबाट चीन विरोधी गतिविधि हुनसक्नै भन्दै चीनले पटक पटक सीमामा कर्डाई गर्नु अनुरोध गरेपछि सरकारले प्रहरी टोली खटाएको हो । छोन्हुप गाविसको नेचुङ भन्सार, छोसेर र लोमान्थाङ गाविसमा सशस्त्र प्रहरी परिचालन गर्न टोली पठाइएको थियो । लामो समयदेखि सिमामा खटिनुपर्ने सशस्त्र प्रहरीको टोली सदरमुकाममै बसेपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा रहेको एक टोली उपल्लो मुसताङ गएको छ । सशस्त्रको क्याम बस्ने उपयुक्त स्थानको खोजीका लागि प्रजीअको टोली उपल्लो मुस्ताङ गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । टोलीमा सहयक प्रमुख जिल्ला अधिकारी महेन्द्र थकाली, प्रहरी नायव उपरिक्षक रामकुमार थापा र सशस्त्र प्रहरीका डिएसपी नारायण श्रेष्ठ सहभागी छन् । टोलीले क्याम्प राख्ने स्थानको बारेमा अध्ययन गर्ने जनाईएको छ । २०६७ बैशाख १६ गते दिउँसो १२ं१५ बजे इकान्तीपुर डटकम

No comments: