Thursday, April 29, 2010

दुइ महिनाका लागि बेनी जोमसोम बन्द

नेपाली सेनाको कार्यगणले स्तरउन्नतीका लागि बेनी-जोमसोम सडकमा सिधा सवारी साधन सञ्चालन बन्द गरेको छ । बाँदरजुङभिर देखि घासा सम्मको करिब तीन किलोमिटर सडकको चौर्डाई वृद्धी गर्न बिस्फोट गर्नुपर्ने भन्दै सेनाले वैशाख १५ गतेदेखि सडकमा सवारी साधन सञ्चालन बन्द गरिएको जनाएको छ । सडक निर्माण कार्यगणका सेनानर्ीर् धमेन्द्र झाका अनुसार बेनी देखि दानाको तितरसम्म र घाँसादेखि जोमसोमसम्मको सवारी सञ्चालनमा कुनै अवरोध रहने छैन् । सडक मर्मत अवधिभर यात्रुहरूले रुप्सेदेखि पहिराथाप्ला हुँदै घाँसासम्म करिब डेड घण्टा पैदल यात्रा गर्नुपर्ने सेनानी झाले बताउनुभएको छ । सडक खण्डको कठिन स्थान मानिने बाँदरजुङ भिरमा पहिरो व्यवस्थापन गरेर सडक फराकीलो पार्न बाँकी रहेको कार्यदलले जनाएको छ । म्याग्दीको दाना काभ्रेदेखि मुस्ताङको घाँसा सम्मको सडक मर्मतका लागि सरकारले ३ करोड ५० लाख रुपैया बजेट उपलब्ध गराएको थियो । २०६७ बैशाख १६ गते बिहान १०.०० बजे सुरज केसी

No comments: