Monday, April 26, 2010

आम माफीमा धाँैलागीरीबाट ३ जना मुक्त

लोकतन्त्र दिवसको अवसरमा विभिन्न अपराधका मुद्दामा बन्दी जीवन बिताईरहेका र आधा सजाय भोग गरीसकेकालाई बाँकी समय मिनहा गरी माफी दिन बागलुङ कारागारबाट सिफारिश गरेका तीनमध्ये दर्ुइ जना मात्रै रिहा भएपछि एक बन्दीले कारागारभित्रै शनिवारदेखि सुरु गरेको आमरण अनसनमा आईतवार तोडेका छन् । स्थानीय प्रशासन, कानून ब्यवसायी, पत्रकार र मानवअधिकारकर्मीको रोहवरमा आईतवार दिउसो भएको छलफलपछि सवै वन्दीलाई कानुनी हक प्रत्याभूत गर्ने सहमती भएपछि आमरण अनसनकारी नरबहादुर अधिकारीलाई नेपाल पत्रकार महासंघका अध्यक्ष हरिनारायण गौतमले जुस खुवाएर अनसन तोडाउनु भएको थियो । छलफलपछि केही वुदामा सहमती भएको र बाँकी बिषयहरुमा सोमवार छलफल गरी टुङ्गोमा पुग्ने गरी सहमती भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको वन्दी चुडावहादुर कार्कीले वताउनुभयो । अनसनकारी नरवहादुर चोरी मुद्धामा वन्दी जीवन विताईरहेका थिए । कारागारले आम माफी पाउने योग्य ३ कैदीहरुलाको सिफारिस केन्द्रमा पठाए पनि ५० प्रतिशत सजाय भोगेका जिल्लाको रेश गाविस ९ का बिरबहादुर र्घर्ती र म्याग्दीको मुना गाविस ९ का खड्क पर्ुजा मगर मात्र जेलमुक्त भएका थिए । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकको निर्ण्र्ााअनुृुसार धौलागीरी अञ्चलबाट शनिबार ३ जना जेल मुक्त गरिएको थियो । केन्द्रमा आम माफीका लागि सिफारिस गरिएका बागलुङ भकुण्डे ७ का नरबहादुर अधिकारीको सिफारिस अस्व्ाीकृत भएको ुभयको थियो । त्यस्ौगरी म्याग्दी कारागारबाट धाइरिङ वडा नम्बर ३ का चित्रबहादुर र्घर्ति जेल मुक्त भएका छन् । पर्वत र मुस्ताङमा भने आम माफीको सरकारी मापदण्डमा जेल मुक्तका लागि सिफारिस गर्ने कोही नभएकोले सिफारिस नै गर्न नपरेको बताइएको छ २०६७ वैशाख १२ गते साझ ७ ०० बजे गणेश पौडेल/ रामकृष्ण बोहरा बैशाख १२ गते

No comments: