Tuesday, April 27, 2010

कृषि उपज बजार स्थल भवल अलपत्र

म्याग्दीको सदरमुकाम बेनीबजारमा कृषि उपज बजार स्थल सञ्चालन गर्नका लागि निर्माण भएको र्सार्वजनीक भवन अलपत्र बनेको छ । जिल्लामै पहिलोपटक गत पुषमा सञ्चालन गरिएको बजार स्थल सञ्चालन भएको एक महिनामै बन्द भएपछि भवन पनि अलपत्र परेको हो । २ वटा भण्डारण कोठा र व्यापारीक स्थल सहितको सुविधा भएको भवन सरोकारवालाको बेवास्ताका कारण ४ महिनादेखि उपयोग बिहीन बनेको छ । कृषक र ब्यापारी एकै ठाउँमा भेला पारेर कृषी उपजको ब्यापार गर्ने उद्देश्यले सञ्चालन गरिएको केन्द्र सञ्चालक समिति र सरोकारवालाको निष्क्रीयताका कारण पुन सञ्चालनमा आउन नसकेको हो । जिल्ला कृषि विकास कार्यालय, जिल्ला विकास समिति, म्याग्दी उद्योग वाणिज्य संघ, अर्थुङ्गे गाविस, धौलागिरि सामुदायीक स्रोत विकास केन्द्र बागलुङ र संगम म्याग्दीको साझेदारीमा कुल ७ लाख ६० हजार रुपैयाको लागतमा निर्मित भवन अलपत्र बनेको छ । भवन परिसर चर्पि र फोहोर थुपार्ने थलोका रुपमा विकास भएको छ । सञ्चालक समिति र सहयोगी निकायका पदाधीकारी केन्द्र सञ्चालनका लागि उदाशीन बनेका छन् । केन्द्र बन्द भएपछि सञ्चालक समितिको बैठक एक पटक पनि बसेको छैन् । "छलफल गर्ने प्रयास त नभएको होईन, कसैले सुने पो" समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले भन्नुभयो "समितिले मात्र जोड दिएर के गर्नु, कृषक, ब्यापारी र सरोकारवालाले वास्तै गदैनन् ।" जिल्लामा उत्पादीत कृषी उपज बजारीकरण गर्न स्थापीत केन्द्र बन्द हुनु दुखदायी भएकाले सबैलाई अनुकुल हुनेगरि केन्द्र सञ्चालन गर्नुपर्ने जिल्ला कृषी विकास कार्यालयका बागबानी विकास अधिकृत वेदप्रकाश पौडेलले बताउनुभयो । ब्यापारीहरूले कृषकले केन्द्रमा ल्याउन लागेको तरकारी बाटैबाट खरिद गरेर केन्द्रमा ल्याउनै नदिने र कृषकले पनि बेवास्ता गरेपछि केन्द्र बन्द भएको सञ्चालक समितिले जनाएको छ । कृषि उपजको बजार ब्यवस्थीत गर्ने र मूल्यमा एकरुपता ल्याउने उद्देश्यले बजार स्थाल सञ्चालनमा ल्याईएको थियो । केन्द्रको भवनमा प्रयोग गरेवापत कृषक र ब्यापारीले प्रतिब्यत्ती दैनिक ५ रुपैया तिर्नुपर्ने समितिको प्रस्तावप्रति कृषक र ब्यापारीले असहमती जनाएका छन् । "छलफल मार्फ समस्या समाधान गर्न सकिन्छ तर बैठक बस्ने प्रयासै भएको छैन" म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष र्सर्ुयप्रसाद मर्सर्ााले भन्नुभयो । स्थानीय उत्पादनको बजार ब्यवस्थित गर्दै मूल्यमा एकरुपता पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको केन्द्र बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् । २०६७ बैशाख १३ गते बिहान १० बजे सुरज/सन्तोष

No comments: