Saturday, April 24, 2010

आर्चरी तालिम सम्पन्न, नया समिती गठन

नेपाल आर्चरी संघ र थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङको आयोजनामा एक हप्ते आधारभुत आर्चरी खेल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यता र संघका बरिष्ठ उपाध्यक्ष भक्तिराज हिराचनको सभापतित्वमा शुक्रबार सम्पन्न कार्यक्रमको सञ्चालन सहभागि अजित थकालीले गर्नुभएको थियो । ६२ जना सहभागी रहेको कार्यक्रममा पर्ुव अतिरित्त प्रहरी महानिरीक्षक रत्नकाजी बान्तवाले प्रशिक्षण दिनुभएको थियो । सोही अवसरमा पेमा छिरीङ गुरूङको अध्यक्षतामा ११ सदस्यीय मुस्ताङ आर्चरी संघ गठन भएको छ । संघको उपाध्यक्षमा गणेश शेरचन, सचिवमा रमेशकुमार भट्टचन, कोषाध्यक्षमा मोहनकुमार शेरचन र सदस्यहरूमा राजु लालचन, चन्द्र थकाली, क्याप्टेन फुन्चो गुरूङ, सोनीया थकाली, राजेन्द्र शेरचन, बिनोद थकाली र सन्तोष लालचन रहनुभएको छ । यसैगरी सल्लाहकारमा थाक खेलकुद तथा सांस्कृतीक विकास संघका अध्यक्ष प्रेम तुलाचन, आर्चरी संघ नेपालका केन्द्रिय सदस्य ङुटुक गुरूङ, जिल्ला खेलकुद विकास समिति मुस्ताङका अध्यक्ष यामप्रसाद थकाली, समाजसेवी सकबहादुर लालचन रहनुभएको छ । २०६७ बैशाख ११ गते बिहान १० बजे सुरज के.सी

No comments: