Thursday, April 29, 2010
कर्मचारी अभावमा सेवा प्रभावित
दरबन्दी अनुसारका कर्मचारी नहुँदा जिल्ला भु-संरक्षण कार्यालय मुस्ताङको सेवा प्रभावीत बनेको छ ।
विभिन्न तहका १० जना कर्मचारीको दरबन्दी रहेको सो कार्यालयमा हाल प्रमुख सहित २ जना कर्मचारी मात्र कार्यरत छन् ।
दरबन्दीका कर्मचारी अन्य ठाउँमा सरुवा हुने, काजमा बस्ने र कार्यालयमा उपस्थित नहुने समस्याका कारण सेवाग्राही मर्कामा परेका हुन् ।
सो कार्यालय केही महिनायता कार्यालय प्रमुख हृदयप्रसाद श्रेष्ठ र अर्का एक जना कर्मचारीको भरमा सञ्चालन भइरहेको छ ।
"स्थलगत काममा जानुपर्दा कार्यालयनै बन्द भएजस्तै हुने गरेको छ" कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो "कर्मचारी अभावमा सेवाग्राहीले समयमै सेवा पाउन सकेका छैनन् ।"
दर्ुगम भएकाले मुस्ताङका अधिकांश कार्यालयमा कर्मचारीको अभाव हुने गरेको छ । प्रतिकुल वातावरणका कारण जिल्ला बाहीरका कर्मचारी मुस्ताङ जान मान्दैनन् ।
अन्य जिल्लामा अवसर पाएपछि सरुवा हुने र जागीरै छाड्ने तथा नयाँ कर्मचारी आउन नमान्ने कारणले मुस्ताका कार्यालयमा कर्मचारी अभाव हुने गरेको हो ।
म्याग्दी वैशाख १५ गते संतोष गौतम
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment