Saturday, April 24, 2010

कुहु हिदीमा माबि शुरु विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

गाउँमै माध्यमिक तहको विद्यालय स्थापना भएपछि म्याग्दीको कुहुँ गाविसको ८ र ९ नम्बर वडामा पर्ने हिदी गाउँका विद्यार्थीहरू पढ्नका लागि घण्टौ पैदल हिँड्नुपर्ने समस्याबाट मुक्ति पाएका छन् । स्थानीयबासीको पहलमा नयाँ शैक्षिक सत्रदेखि स्थानीय सिद्धशान्ती निमाविको स्तरउन्नती गरि मावि तहको कक्षा सञ्चालन सुरु भएको छ । मावि तहको शिक्षा आर्जनका लागि दैनिक ४ घण्टा पैदल हिँडेर कुहुँ र बाबियाचौर जानुपर्ने विद्यार्थीको समस्या टरेको प्रअ होमनाथ पाण्डेले बताउनुभयो । सो गाउँका विद्यार्थी यस पहिले विद्यालय जान र आउन २/२ घण्टा समय खर्चर्ने गर्दथे । मावि स्थापना भएको अवसरमा शनिबार स्थानीयबासीले खुसीयाली मनाएका छन् । सो कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक युक्तप्रसाद शर्माले मावि सञ्चालनको अनुमतीपत्र विद्यालय व्यवस्थापन समितिका पदाधीकारीहरूलाई हस्तान्तरण गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज शेरपुञ्जाको सभापतित्व र शिक्षक ठाकुर तिवारीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि विद्यालय निरिक्षक शर्मा, स्रोत ब्यक्ति डेकबहादुर बानीया लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा बालशिक्षा र कक्षा १ मा भर्ना भएका १५ जना बालबालीकालाई कापी, कलम र झोला वितरण गरिएको थियो । त्यसैगरी गत शैक्षिक सत्रमा विभिन्न कक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरू पनि सम्मानीत भएका थिए । २०६७ बैशाख ११ गते दिउँसो ४ बजे सन्तोष गौतम

No comments: