Tuesday, April 27, 2010

चौरी मेला सम्पन्न

मुस्ताङको कोबाङमा सञ्चालित चौंरी मेलामा संयौ बिरामीहरूले चौंरी गाईको आलो रगत पिएका छन् । मुस्ताङ चौरीपालक समितिको आयोजनामा कोबाङको बोक्सी खोला किनारमा गत सोमबारदेखि सात दिनसम्म सञ्चालन भएको मेलामा करिब २ हजार जना बिरामीले चौंरीको आलो रगत पिएर उपचार गराएका हुन् । उच्च हिमाली श्रेत्रमा पाईने यार्सर्ााम्बा, जटामसी, निरमसी, पाँचऔले लगायत शक्तिवर््रद्धक जडिवुटी सेवन गरेका चौंरी गाईको आलो रगत पिएमा शारिरीक स्फर्ुर्ती बढ्ने, ग्यास्ट्रीक निको हुने, खाना रुच्ने र यौनशक्ति बढ्ने जनविश्वास रहेको छ । आयोजक समितिका संयोजक शकेन्द्र गौचनले करिब २ हजार जना बिरामीले चौंरी गाईको आलो रगत पिएका जानकारी दिनुभयो । संयोजक गौचनका अनुसार मेलामा करिब २८ हजार गिलास चौंरी गाईको आलो रगत बिक्री भएको छ । मेलाबाट आयोजकलाई १९ लाख रुपैया आम्दानी भएको जनाइएको छ । मेला अवधिभर सो क्षेत्रमा धुम्ती होटल सञ्चालन भएको थियो । यो सिजनमा ६ सय वटा भन्दा बढी चौंरी गाई र याकको घाँटीबाट २० देखि ३० गिलास सम्म आलो रगत निकालेर बिक्री गरिएको छ । प्रत्येक वर्षो बैशाख र साउनमा मुस्ताङमा आयोजना हुने चौंरी मेलामा सहभागी हुन म्याग्दी, बागलुङ, पर्वत, कास्की, चितवन, धादीङ, नेपालगञ्ज, काठमाडौ लगायत देशका विभ्ािन्न ठाउँका साथै बिदेशबाट पनि बिरामीहरू आउँछन् । गत वर्षम्म ५० रुपैया प्रतिगिलासका दरले बिक्री गरिँदै आएको रगतको मूल्य बढेर यस वर्ष ७० बनाइएको छ । २०६७ बैशाख १४ गते दिउँसो १२.ं१५ बजे हरिकृष्ण/सन्तोष

No comments: