Monday, April 26, 2010

विद्यालय तोडफोड, ५ जना पक्राउ पछी रीहा

निजि विद्यालय बन्द गराउने क्रममा आईतबार दिउँसो पक्राउ परेका अनेरास्वियु क्रान्तिकारी म्गाग्दीका कार्यकर्ताहरू बेलुकी रिहा भएका छन् । बिरेन्द्रचोकमा पक्राउ परेका जिल्ला सचिव प्रकाश बि.क, सहसचिव रामप्रसाद शर्मा, सदस्यहरू गोकुल बोहोरा, सज्जन बोहोरा र वकील भण्डारी रिहा भएका हुन् । यसैबिच जिल्ला प्रशासन कार्यालयमा आन्दोलनरत अखिल क्रान्तिकारी र प्यावसन जिल्ला समिति बिच समन्वय गरेर अघि बढ्ने सहमति भएको छ । सहमति पछि पक्राउ परेका कार्यकर्ताहरू रिहा भएका हुन् । सो संगठनले निजि विद्यालयले वृद्धी गरेको शैक्षिक शुल्क फिर्ता गर्न माग गर्दै आईतबारदेखि अनिश्चितकालीन रुपमा निजी विद्यालय बन्द आव्हान गरेको थियो । विद्यालय बन्द गराउने क्रममा अनेरास्ववीयु क्रान्तिकारी सम्बद्ध विद्यार्थीहरूले सदरमुकाम स्थित बेनी आवाशिय मावि र बुद्ध एकेडेमीमा तोडफोड गरेका छन् । विद्यालयमा भएको तोडफोडको घटनाप्रती प्याबसन म्याग्दीका अध्यक्ष राजु के.सीले प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षा भएको जनाउनु भएको छ । उनिहरूले बेनी आवाशिय माविको सटर र टेवुलको सिसा तथा वृद्ध एकेडेमीको टेलुलको सिसा तोडफोड गरेका छन् । बन्द आव्हानका कारण जिल्लामा रहेका सबै निजि विद्यालयहरूको पठनपाठन प्रभावित बनेको छ । प्यावसनका अनुसार जिल्ला भर रहेका विभिन्न तहका २६ वटा निजि विद्यालयमा १० हजार ४ सय १९ जना विद्यार्थी अध्ययनरत छन् । निजि विद्यालयहरू भने शुल्क बढाउन रहर नभएर बाध्यता भएको जनाएका छन् । शैक्षिक कर, महंगी, तलवबृद्धी, जस्ता कारणले शैक्षिक शुल्क बढाउनु परेको निजी विद्यालय सञ्चालकहरूको भनाई छ । २०६७ बैशाख १२ गते दिउँसो १२.ं१५ बजे सुरज/सन्तोष

No comments: