Thursday, April 29, 2010

कृषकहरू ब्यवसायीक बाख्रापालनतर्फआकरसीत

म्याग्दी जिल्लाका ग्रामिण क्षेत्रका कृषकहरू ब्यवसायीक बाख्रापालन ब्यवसायतर्फआकषर्ीत भएका छन् । जिल्लाका बेग, दोवा, भुरूङतातोपानी र घारा गाविसका कृषकहरू बाख्रापालन ब्यवसायतर्फआकषर्ीत भएका हुन् । जिल्ला पशु सेवा कार्यालयका अनुसार यस वर्षात्रै सो क्षेत्रका करिब २ सय जना कृषकहरूले बाख्रापालन ब्यवसाय गरेका छन् । सो कार्यालयले ब्यवसाय उन्मुख गरिवी न्यूनीकरण र अति विपन्न वर्ग बिशेष लक्षीत कार्यक्रमकाको सहयोगमा बाख्रापालन ब्यवसाय गरेका हुन । थारै लगानीमा छोटो समयमानै राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फकृषकहरूको आर्षा बढेको भुरुङतातोपानीका कृषक पर्ूण्ाप्रसाद थापाले बताउनुभयो । २ वटा बाख्राबाट ब्यवसाय सुरु गरेर थापाले वाषिर्क ५० हजार रुपैया आम्दानी गर्न सफल भएको बताउनुहुन्छ । "कम आम्दानी भएकाहरूलाई बाख्रापालनबाट भएको आम्दानी घर्रखर्च चलाउन र छोराछोरीको पर्ढाईखर्च जुटाउन सहयोगी बनेको छ" थापाले भन्नुभयो । पशु सेवा कार्यालयले गरिवी न्युनीकरण ब्यवसाय उन्मुख कार्यक्रम अर्न्तगत हालै बेग र दोवाका १ सय जना कृषकलाई २ वर्षछि फिर्ता गर्ने गरी ३/३ वटाका दरले बाख्रा वितरण गरेको छ । ब्यवसायीक बाख्रापालन गर्ने कृषकहरू बढेकाले म्याग्दीमा बाहीरबाट मासुका लागि खसि आयात घट्न थालेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । "ब्यवसायीक बाख्रापालनको विकास गरी जिल्लालाई मासुमा आत्मनिर्भर बनाउने तयारी गरेका छौ" कार्यालय प्रमुख प्रेम शर्मा सापकोटाले बताउनुभयो । २०६७ बैशाख १५ गते दिउँसो १२.ं१५ बजे सन्तोष गौतम

No comments: