Saturday, April 24, 2010

शहिदलाई बिरसेको परिवारको गुनासो

जनआन्दोलन-२ मा शाहदत प्राप्त धौलागिरिका शहिद परिवारले राज्यले सहीदको योगदानलाई बिरसेकोको गुनासो गरेका छन् धौलागिरिकै एकमात्र शहिद गोबिन्दनाथ शर्माका परिवारले सहिदको योगदानलाई उपेक्षा गरेको गुनासो गरेका हुन् लोकतन्त्र दिवस मनाउन जिल्ला प्रशासन कार्यालयलाई परिपत्र आएपनि पर्वतमा भने बन्दकोठाभित्र तस्विरमा माल्यार्पण गरेर लोकतन्त्र दिवस मनाएपछि परिवारका सदस्यहरु आफैले शालिकमा माल्यार्पण गरेर मनाए । मुल समारोह समितिले आयोजना गरेको लोकतन्त्र दिवस समारोहमा केही कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको मात्र सहभागिता रहेको थियो समितिले पत्रचार नै नगरी कार्यक्रम शुरु भएपछि फोनमार्फ उपस्थितिको आग्रह गरेपछि केही सञ्चारकर्मीहरु कार्यक्रममा पुगेका थिए । लोकतन्त्र दिवस मनाउनका लागि गृहमन्त्रालयबाट परिपत्र ढिला आएकाले उपस्थिति जुटाउन नसकिएको मुल समारोह समितिका संयोजक एवं स्थानीय विकास अधिकारी नरहरि बरालले जानकारी दिनुभयो । दिउ“सो ११ बजेसम्म कुनैपनि निकायबाट शहिदको शालिकमा माल्यार्पण तथा स्मरण नगरेपछि शहिद धर्मपत्नी भगवती शर्मा र शहिदका भाई देव शर्माले शहिद माल्यार्पण गर्नुभएको थिायो । उनीहरुले माल्यार्पण गरेपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले औपचारिक रुपमा माल्यार्पण कार्यक्रमको आयोजना गरेको थियो संघले गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, स्थानीय विकास अधिकारी नरहरि बराल लगायतले शालिकमा फुल अबिर चढाएका थिए । लोकतन्त्र दिवस मुल समारोह समितिका संयोजक बरालले आफु लाई शहिदको शालिक छ भन्ने कुनै सोच नै नभएको र अन्य सदस्यहरुले पनि कुनै जानकारी नदिएका कारण तस्विरमा माल्यार्पण गरेर मनाएको स्पष्ट पार्नुभयो छोटो समयमै शहिदलाई बिर्षोर स्मृति समेत नगरिएको भन्दै परिवारले उचित सम्मानको माग समेत गरेका छन् २०६७ बैशाख ११ गते दिउँसो १२.१५ बजे सन्तोष थापार्/पर्वत,

No comments: