Thursday, April 29, 2010

मोटरर्साईकल बिक्री बढ्यो

सडक पिचले सदरमुकाम नछोडे पनि पहाडी जिल्ला म्याग्दीमा मोटरर्साईकलको खपत बढेको छ । ग्रामिण क्षेत्रमा सडक सुविधाको विस्तारसंगै युवा पुस्तामा मोटरर्साईकल लोकप्रिय सवारी साधन बन्न थालेको हो । सदरमुकाम बेनी स्थित मोटरर्साईकल बिक्री केन्द्रहरूका अनुसार मासिक १२ देखि १७ वटासम्म मोटरर्साईकल बिक्री हुने गरेको छ । २ वर्षेखि मोटरर्साईकलको ब्यापार गर्दै आएका बेनी स्थित नमस्ते अटो मोवाईल र एस एण्ड एस टिभिएस सो रुमले मासिक ५ देखि ७ वटाका दरले मोटरर्साईकल बिक्री हुने गरेको जनाएका छन् । "गत वर्षो तुलनामा यो वर्षमोटरर्साईकलको खपत बढ्ेको छ" नमस्ते अटो मोवाईलका सञ्चालक कमल खड्काले भन्नुभयो "सडक सुविधाको बिस्तारसंगै युवापुस्तामा मोटरर्साईकलको क्रेज बढ्दो छ ।" बजाज र सोनालीका कम्पनीको अधिकृत विक्रेता रहेको सो पसलबाट पछिल्लो समय पल्सर एक सय ३५ र १ सय ५० सिसीको मोटरर्साईकल बढी मात्रामा बिक्री भएको छ । जागीरे, कलेज पढ्ने युवाहरूले एक सय ३५ सिसीको पल्सर मोटरर्साईकल रुचाउने गरेका छन् । "फाईनान्स सुविधाले पनि मध्यमवर्गीय परिवारमा मोटरर्साईकलको प्रयोग बढ्न थालेको छ" खड्काले बताउनुभयो । बैङ्कमा मोटरर्साईकल घितो राखेर मूल्यको ४० प्रतिशत नगद जम्मा पारेमा वित्तिय संस्थाले लगानी गर्छन् तर सोको लागि आर्थिक स्रोत भने जुटाउनर्ुपर्छ । त्यसैगरी टिभिएस कम्पनीको अधिकृत बिक्रेता एस एण्ड एस टिभीएस सो रुमबाट पनि पछिल्लो समय अपाचे मोडकको एक सय ८० सिसी, एकसय ६० एफ आई मोटरर्साईकल बढी बित्री भएको छ । फेलेम मोडलको सेल्फ स्र्टार्ट सुविधा भएको मोटरर्साईकलको बिक्री पनि सन्तोष जनक नै छ । १ महिनाअघि बेनि कालीपुलमा खुलेको हिरोहोण्डा कम्पनीको धौलागिरि सव डिलर केवी अटो पार्टसबाट पनि एक महिनाकै अवधिमै एक सय ५० सि.सीको सिवीजेठ मोडलका ३ वटा मोटरर्साईकल बिक्री भईसकेका छन् । "२ वटा सुपर स्पेन्डर पनि बिक्री भईसके, २ वटा करिज्मा र एक वटा सिवीजेठका लागि अर्डर आईसकेको छ" डिलरका सञ्चालक बमबहादुर केसीले भन्नुभयो । नेपाल राष्ट्र बैङ्कले वित्तिय तरलता रोक्नका लागि अनुत्पादनशिल क्षेत्रमा लगानी नगर्न निर्देशन दिएपछि भने स्थानीय वित्तिय संस्थाहरूले मोटरर्साईकल खरिद गर्नका लागि लगानी गर्न पछि पर्ने गरेका छन् । सो पछि मोटरर्साईकलको ब्यापारमा प्रभाव पर्न थालेको अटो पसल सञ्चालकहरूको भनाई छ । २०६७ बैशाख १६ गते सुरज के सी- सन्तोष गौतम

No comments: