Thursday, April 29, 2010

अपाङ् बालीका सुविधाबाट बञ्चित

सरकारले फरक क्षमता भएका व्यक्तिहरूलाई विभिन्न सेवा, सुविधा उपलब्ध गराउने घोषणा गरेपनि म्याग्दीको नारच्याङ ७ की दुवै हात नभएकी पवित्रा वि.क भने सो सुविधाबाट बञ्चित भएकी छन् । कृष्ण विककी ३ वषिर्या छोरी पवित्रा वि.कको दर्ुइ वटै हात छैनन् । राज्यले फरक क्षमता भएका नागरीकलाई सुविधा उपलब्ध गराउने घोषणा गरेपनि जन्मजात अपाङ्ग वि.कले हालसम्म सो सुविधा नपाएकी आमा कृष्ण बिकले बताउनुभयो । सरकारले गत आर्थिक वर्षा बजेट भाषण मार्फ क वर्गका अपाङ्गलाई मासिक १ हजार रुपैया भत्ता उपलब्ध गराउने घोषणा गरेपनि विकले सो सुविधा उपभोग गर्न नपाएकी हुन् । सो सुविधा पाउनका लागि सरकारी स्वास्थ्य संस्थाको सिफारीसमा महिला विकास कार्यालयबाट अपाङ्गता परिचयपत्र लिनर्ुपर्छ । विक संग परिचयपत्र पनि छैन् । "परिचयपत्र भए सुविधा पाईन्छ भन्ने त सुनेकी छु तर कसरी र कहाँबाट पाउने भन्ने थाहा नपाउँदा समस्या परेको छ" बालीकाको आमा कृष्णले भन्नुभयो । पवित्रा कृष्णकी एक्ली सन्तान हुन् । २०६७ बैशाख १६ गते सुरज के सी- सन्तोष गौतम

No comments: