Tuesday, April 27, 2010

भलीवल खेलाडी सम्मानीत

पर्वत जेसीजको आयोजनामा आईतबार कुश्मामा सम्पन्न अञ्चल स्तरीय खुल्ला रनिङ शिल्ड भलिवल प्रतियोगितामा पहिलो हुने म्याग्दी जेसीजका खेलाडीहरू सम्मानीत भएका छन् । म्याग्दी जेसीजले सोमबार बेनीमा एक कार्यक्रमको आयोजना गरि खेलमा आफ्नो समुहबाट सहभागी भएका भलीबल टे्रनीङ सेन्टर बेनीका खेलाडीहरूलाई सम्मान गरेको हो । जेसीजका सदस्यहरूले खेलाडीहरूलाई सम्मान गरेका थिए । सम्मान कार्यक्रममा बोल्दै म्याग्दी जेसीजका संस्थापक अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठले म्याग्दीमा ब्यवसायीक खेलकुदको विकास हुन थालेको बताउँदै सो का लागि खेलाडीलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताउनुभयो । यसैबिच सोही कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष रामकृष्ण बर्राईलीले संस्थाको तर्फेखि जिल्लाको भलीवल खेलमा योगदान गरेवापत भलीबल ट्रेनीङ सेन्टर बेनीलाई ३२ हजार रुपैया आर्थिक सहयोग उपलब्ध गराउने घोषण गर्नुभएको छ । सो कार्यक्रममा नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष धनञ्जयकुमार श्रेष्ठले युवाशक्ति र प्रतिभा पलायनको समस्या नियन्त्रण गर्दै खेलकुद श्रेत्रको विकासका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । २०६७ बैशाख १३ गते बिहान १० बजे सुरज/सन्तोष

No comments: