Thursday, April 29, 2010

म्याग्दीमा पर्यटक घटे

गत वर्षो तुलनामा यस वर्षम्याग्दी जिल्लामा पर्यटक आगमन कम भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत वर्षो तुलनामा यसवर्षम्याग्दी आउने पर्यटकको सङ्ख्या १० प्रतिशतले घटेको हो । चालु आर्थिक वर्ष२०६६/६७ को ९ महिनामा २४ हजार ८ सय ७१ जना विदेशी पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेका छन् । जिल्लाका पर्यटकीय स्थलहरू पुनहिल, घोरेपानी, भुरूङ तातोपानी, सिङ्गा तातोपानी, खोप्रालेक र राउण्ड धौलागिरिको भ्रमण गर्न पर्यटकहरू यहाँ आएका हुन् । चालु आर्थिक वर्षो सुरुका ९ महिनामध्ये सबैभन्दा बढी कात्तिक महिनामा ७ हजार ३३४ पर्यटकले जिल्लाको भ्रमण गरेका छन् । त्यसैगरी चैत महिनामा ४ हजार ६ सय ३८ जना पर्यटक जिल्ला भित्रीएका छन् । विश्व आर्थिकमन्दी र पद यात्रामार्ग मोटरबाटोमा परिणत भएका कारण पर्यटक आगमन घटेको घोरेपानी होटल व्यवसायी सङ्घका अध्यक्ष ओम पुनले बताउनुभयो । बाहृ्य पर्यटक घटे पनि आन्तरिक पर्यटकको सङ्ख्या बढेको उहाँले जानकारी दिनुभएको छ । धौलागिरि पर्यटन परिषद्, म्याग्दीका अध्यक्ष अमर बानियाँको भनाइमा यस वर्षपर्यटक आगमन सङ्ख्या निराशाजनक छ । पन्ध्र दिनभन्दा लामो विश्वकै दस उत्कृष्ट पदमार्गमा पर्ने अन्नपर्ूण्ा पदमार्गको पदयात्रा समय छोट्टएिको छ । बेनी-जोमसोम सडक सञ्चालनमा आएपछि पर्यटकको बसाइँ समय छोट्टएिको मात्र होइन धुवाँ र धूलोले पनि समस्या पारेको अन्नपर्ूण्ा क्षेत्र संरक्षण आयोजना -एक्याप) ले जनाएको छ । २०६७ बैशाख १५ गते दिउँसो १२.ं१५ बजे सन्तोष गौतम

No comments: