Thursday, April 29, 2010

सडक निर्माण भएपनि गाडी चढ्ने रहर पुरा भएन्

गाउँको वरिपरि सडक निर्माण भएपनि म्याग्दी नदीमा पुल नहुँदा बरङ्जाका बासिन्दा सडक सुविधा उपभोग गर्नबाट बञ्चित भएका छन् । डोजर प्रयोग गरेर गाविसको अधिकांश ठाउँमा सडक निर्माण भएपनि प्रयोगमा आउन सकेका छैनन् । "गाविसका धेरै ठाउँमा सडक निर्माण भइसकेका छन्" गाविस सचिव खगराज शर्माले भन्नुभयो "पुल पनि नहुने र अन्य ठाउँबाट पनि सडकले नछोएकाले बरङ्जाका सडक प्रयोगमा आउन नसकेका हुन् ।" पखेर र सिङ्गा गाविसको तातोपानी जोड्ने मोटर गुड्ने पुल पनि छैन् । ज्यामरुककोटको हाडीभिर, सिङ्गाको सर्ुर्केमेला हुँदै बरङ्जा जोड्ने सडक निर्माण पुरा नहुँदा सम्म गाउँभरी सडक खनेर गाडी गुडाउने तयारी गरेको स्थानीयबासीको रहर पुरा नहुने भएको हो । पुल र सडकको अभावमा स्थानीयबासी खोलापारी बेनी-दरबाङ सडकमा गुड्ने गाडी हेरेर चित्त बुझाउन बाध्य बनेका त्यहाँबाट कृष्णप्रसाद सापकोटाले जनाउनुभयो । निर्माण समितिका सचिव एगेन्द्र शेरचनका अनुसार गाविसको ६ लाख रुपैया अनुदानमा पखेरदेखि आरकुटी जोड्ने ४ किलोमिटर ७ सय मिटर सडक सोमबार निर्माण भएको हो । गाउँलाई सिधा सडकले छोएमा उत्पादीत कृषी उपज बजार लैजान, दैनिक उपभोग्य सामान आयात गर्न र आवातजावत गर्न सुविधा हुने स्थानीयबासीको आशा छ । स्थानीयबासीले गाउँमा छिटो सिधा सडक सञ्चालन गर्न माग गरेका छन् । गाविस सचिव शर्माले हाँडीभिर-सर्ुर्केमेला-बरङ्जा कृषी सडक निर्माण पुरा गर्न पहल भइरहेकाले स्थानीयबासीको सडक उपभोग गर्ने सपना छिटै पुरा हुने बताउनुभयो । २०६७ बैशाख १४ गतेदिउँसो ४ बजे के.पी/संतोष

No comments: