Friday, April 30, 2010

बालमैत्री संविधान निर्माण गर्न सुझाव

म्याग्दीका बालबालीकाहरूले बालमैत्री संविधान निर्माण गर्न दवाव दिनका लागि बिहीबार सदरमुकाम बेनीमा दवावमुलक बालशान्ती र्‍याली गरेका छन् । जिल्ला बालसञ्जाल म्याग्दीले बालमैत्री संविधान निर्माण गरि निर्धारीत समय जेठ १४ गतेभित्रै जारी गर्न दवाव दिन र्‍यालीको आयोजना गरेको हो । उनीहरूले नयाँ संविधानमा बालबालीकाको समस्या समाधान गर्ने किसीमका व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी बेदबहादुर कार्की मार्फ सभामुख सुवासचन्द्र नेम्वाङलाई कापी र कलम सहित सुझावपत्र पठाएका छन् । धौलागिरि उत्साहि जिल्ल्ाा बालसञ्जाल म्याग्दीका अध्यक्ष बिराज सुन्दासको नेतृत्वमा भएको र्‍यालीपछि सुझावपत्र र कापी, कलम पर्ठाईएको हो । र्‍यालीमा सहभागी बालबालीकाले शान्ति सुरक्षा, निशुल्क शैक्षिक व्यवस्था र बालश्रमको अन्य गर्न पनि माग गरेका थिए । २०६७ बैशाख १६ गते दिउँसो १२ 15 बजे सन्तोष

No comments: