Monday, April 26, 2010

आगलागीबाट लाखौको क्षत्ती

म्याग्दीको रुम गाविस ९ मा पर्ने छिस्तेपानी सामुदायीक बनमा आईतबार दिउँसोदेखि भएको आगलागीबाट लाखौको क्षत्ती भएको छ । आगलागीबाट करिब १ सय हेक्टर जंगल जलेर सखाप भएको स्थानीय जगत पुनले जानकारी दिनुभयो । आईतबार दिउँसो देखि भएको आगलागी स्थानीयबासीले सोमबार बिहान नियन्त्रणमा लिएका थिए । जंगलमा रहेका जडिवुटी, बनस्पती, वन्यजन्तु र पंक्षी तथा काठपात गरि आगलागीबाट न्युनतम १० लाख रुपैयाको क्षत्ती पुगेको अनुमान गरिएको स्थानीयबासी पुनले बताउनुभयो । आगालागीबाट निजि खरबारी र चरन क्षेत्रमा पनि ठूलो क्षत्ती पुगेको छ ।

No comments: