Saturday, May 01, 2010

पुलाचौरमा क्षत्री समाज

म्याग्दीको पुलाचौरमा शुक्रवार सम्पन्न क्षत्रीहरुको भेलाले हर्क बहादुर खत्रीको अभ्यक्षतामा क्षत्री समाज पुलाचौर तदर्थ समिति गठन गरेको छ । समाजको उपाध्यक्षमा कुल बहादुर खत्री, सचिव प्रविण खत्री, सहसचिव सजंय कुवँर, कोषाध्यक्ष रेशम बानिया, सह कोषाध्यक्ष बलराम बानिया रहनु भएको छ । त्यस्तै समितिका सदस्यहरुमा फणिन्द्र बानिया, इन्द्र बहादुर कार्की, गोविन्द बानिया, लाल कुमारी भण्डारी र हेम बहादुर खत्री रहनु भएको छ । लक्ष्मण बानियाको अध्यक्षता र शिब बानियाको सन्चालन तथा क्षत्री समाज म्याग्दीका सचिव चन्द्र कुमार के सी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रविण खत्री, होम बहादुर खत्री, तेज प्रकाश बानिया, तिलक खत्री लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । भेला पछि बसेेको नवगठित तदर्थ समितिको बैठकले भेला सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्दै वैशाख २४ गते पुलाचौर गा वि स स्तरीय क्षत्री युवाहरुको भेला आयोजना गर्ने निर्ण्र्गरेको छ । २०६७ बैशाख १७ गते परबीन खत्री

No comments: