Tuesday, August 10, 2010

हुलाक कार्यालय टेलीसेन्टर बन्न थाले

चिठीपत्रको आदानप्रदान घट्न थालेपछि ग्रामिण क्षेत्रमा रहेका हुलाक कार्यालयहरूमा टेलीसेन्टर स्थापना गर्न थालीएको छ । ग्रामिण क्षेत्रमा आधुनिक सञ्चार माध्यमको पहुँचसंगै हुलाक कार्यालयहरूमा पनि सुविधा बृद्धी गर्न थालीएको हो ।

पहिले चिठिपत्रको आदाप्रदान गर्ने हुलाक कार्यालयहरूबाट कम्प्युटर प्रिन्ट, फ्याक्स, फोटोकपी र टेलीफोन सेवा उपलब्ध हुन थालेका छन् ।

म्याग्दीको दरवाङ, शिख, राखुभगवती र दाना स्थितर् इलाका हुलाक कार्यालयमा टेलीसेन्टर स्थापना भएका जिल्ला हुलाक कार्यालयले जनाएको छ । हुलाक सेवा विभागले एक वटा टेलीसेन्टरमा २ वटा कम्प्युटरका साथै फोटोकपी, फ्याक्स र लेमिनेसन मेसीन उपलब्ध गराएको छ ।

दाना र शिखका टेलीसेन्टरमा सिडिएमए फोन ब्रि्रीएपछि केही दिनदेखि टेलीफोन सेवा अवरुद्ध बनेको छ । ग्रामिण क्षेत्रका बासिन्दालाई सहुलियत दरमा टेलीफोन, फ्याक्स, कम्प्युटर प्रिन्ट, फोटोकपी सेवा उपलब्ध गराउने उद्देश्यले टेलीसेन्टर स्थापना भएका निमित्त हुलाक अधिकृत शिवराम शर्माले बताउनुभयो ।

 टेलीसेन्टरहरूमार् इन्टरनेट सुविधा पनि उपलब्ध गराउन पहल भइरहेको शर्माले बताउनुभयो । अन्य हुलाक कार्यालयहरूमा पनि टेलीसेन्टर स्थापना गर्ने योजना रहेको हुलाक कार्यालयले जनाएको छ । टेलीसेन्टरमा कम्प्युटर पनि सिकाईन्छ । हालै स्थापना भएको भगवती स्थित टेलीसेन्टरमा कम्प्युटर सिक्नका लागि ४ जनाको निवेदन परेको छ ।

 जिल्ला हुलाक कार्यालयको तथ्याङ्क अनुसार केही वर्षता चिठीपत्रको प्रयोग घट्दो छ । आर्थिक वर्ष२०६४/६५ मा ६ लाख २९ हजार ४ सय ३३ र आर्थिक वर्ष२०६५/६६ मा ५ लाख ७५ हजार २ सय २३ रुपैया राजस्व संकलन गरेको हुला कार्यालयले गत आर्थिक वर्ष६६/६७ मा ५ लाख ६३ हजार ८ सय ४ रुपैया राजस्व संकलन भएको जनाएको छ ।

पहिलेको तुलनामा चिठीपत्रको आदानप्रदान घद्दो रहेको विगत २६ वर्षेखि हुलाक क्षेत्रमा कार्यरत कार्यालयका नायव सुब्बा हरिबहादुर थापाले जानकारी दिनुभयो । मोवाईल, टेलीफोनर्,र् इमेलर् इन्टरनेट लगायत आधुनीक सञ्चार माध्यमको पहुँचसंगै चिठीपत्रको प्रयोग घटेको थापा बताउनुहुन्छ । म्याग्दीमा २९ वटा अतिरिक्त, १० वटार् इलाका र  १ वटा जिल्ला हुलाक कार्यालय छन् ।

२०६७ साउन २५ गते दिउँसो १ बजे                                                    सन्तोष गौतम

No comments: