Friday, August 27, 2010

छ्योदे गुम्बामा रहेका सताव्दीऔं पुराना पुरातात्विक वस्तु सङ्कटमा

मुस्ताङको लोमान्थाङमा सञ्चालित ऐतिहासिक छ्योदे गुम्बामा रहेका सताव्दीऔं पुराना पुरातात्विक वस्तु सङ्कटमा परेका छन् ।

स्थानीय समुदायद्धारा सञ्चालित गुम्बामा रहेको संग्रहालयमा पानी चुहीन थालेपछि त्यहँ रहेका एक शताब्दी पुराना वस्तु नष्ट हुन थालेका हुन् ।

गुम्बा संरक्षण समिति हाल निष्त्रिmय बनेपछि पुरातात्विक वस्तुु थप सङ्कटमा परेका छन् । त्यहा राखीएका हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले प्रयोग गरेका धेरै वर्षपुराना वस्तु हराउन थालेका छन् ।
      
        १ सय वर्षपुरानो धातुका मुद्रा, हातहतियार, कपडा, शिल्पलिपी, ताम्रपत्र र बौद्ध धर्मग्रन्थहरू संकटमा परेका स्थानीय झिग्मी बिष्टले बताउनुभयो ।

'संरक्षण हुनँदा सबै सामग्री मकाउन थालेका छन्' स्थानीय तेञ्जिन बिष्टले भन्ाुभयो 'सरोकारवालाले चासो दिए नया पुस्ताले हर्ेन पाउने थिए ।' नियमित संरक्षण हुन नसक्दा  त्यहाका वस्तु लोपोन्मुख अवस्थामा पुगेको उहाको भनाइ छ ।

No comments: