Thursday, August 26, 2010

पुल बगाएपछि आवतजावत बन्द

बाढीले कालिगण्डकीको पुल बगाएपछि मुस्ताङको कोवाङ गाविसमा पर्ने सिर्कुम गाउँमा आवतजावत बन्द भएको छ ।

कालिगण्डकी पारी रहेको सिर्कुम गाउँलाई जोड्ने पुल बाढीले बगाएपछि स्थानीयबासी समस्यामा परेका गाविस सचिव लालुप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

गाविस सचिव लामिछानेका सिर्कुम गाउँमा १५ घरपरिवारले बसोबास गर्छन् । हालै आएको बाढीले पुल बगाएपछि स्थानीयबासीलाई आवत जावत गर्न समस्या परेको हो ।

त्यसैगरी मुस्ताङको कोवाङ गाविसमा कालिगण्डकी नदीको कटानका कारण १५ घर जोखिममा परेका छन् । पानीको बाहवले खोलामा निर्माण गरिएको बंाढ समेत बगाएपछि  कोवाङ र लाजुङ गाउँ जोखिममा परेको छ ।

नदी कटानका कारण जनआर्दश माविको पुरानो भवन,रत्न कुमारी शेरचन,रमेश भट्रचनको घर, कवड हल,कोवाङ युवा क्लवको भवन उच्च जोखिममा परेको हो ।

गाविसलाई दुवै नदी नियन्त्रण गर्न सम्बन्धित निकायमा बारम्बार आग्रह गरिएको भएपनि हालसम्म कुनैपनि सुनुवाइ नभएको गाविस सचिव लालप्रसाद लामिछानेले बताए । कोवाङमा २८ लाजुङ गाउँमा ३० घर रहेका छन् ।

No comments: