Monday, August 16, 2010

साउनको अन्तिम सोमबार देशभरका शिवमन्दिरहरूमा भक्तजनहरुको भिड

साउन महिनाको अन्तिम सोमबार देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि पुजा अर्चना गर्ने भक्तजनहरूको भिड लागेको छ ।

साउन महिनालाई शिवको महिना भनेर चिन्ने गरिन्छ । महिलाहरूले साउनको प्रत्येक सोमबार ब्रत बसी शिवको पुजाआजा गरेमा अबिवाहीतले राम्रो श्रीमान पाउने र बिवाहीतको पारिवारीक सम्बन्ध राम्रो हुने तथा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । यस वर्षो साउनमा ५ वटा सोमबार परेका थिए ।

सोमबार बिहानैदेखि म्याग्दीको घतान स्थित गलेश्वर मन्दिर लगायत देशभरका शिवमन्दीरहरुमा पुजाआजा गर्नेको भिड लागेको थियो । गलेश्वरमा पुजाआजा गर्नका लागि जिल्लाका विभिन्न स्थानका साथै बागलुङ, पर्वत, कास्की, काठमाडौ, चितवन लगायत जिल्लाका साथै भारतबाट पनि हजारौ भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोष प्रबन्ध समितिले जनाएको छ ।

साउन महिनाभर करिब २० हजार जना भक्तजनले गलेश्वरको दर्शन गरेको समितिका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । परापर्ुव कालमा भगवान शिवले पार्वतीको मृत शरिर बोकेर कैलाश पर्वत जाने क्रममा गलेश्वरमा पावर्तीको गला पतन भएकाले सो ठाउँलाई गलेश्वर भन्ने गरिएको किम्बदन्ती छ । कालिगण्डकी नदीको किनारमा बिशाल चट्टानमाथि अवस्थित गलेश्वरलाई मुक्तिनाथ प्रवेशद्धारको रुपमा पनि लिईने भएकाले यसको बिशेष महत्व रहेको छ ।

चट्टानमाथि अवस्थित मन्दिर, १०८ शिवलीङ्ग, चट्टानमा रहेको पोखरी, बिभिन्न भगवानहरुको मर्ुर्ति तथा शालीग्राम गलेश्वर मन्दिरका आकर्षा रहेका छन् । गलेश्वरको धार्मीक तथा पर्यटकीय महत्वको प्रचार प्रसार हुन थालेपछि विगत वर्षो तुलनामा यस वर्षभक्तजनहरुको संख्या पनि बृद्धी भएको सदस्य सचिव रेग्मीले बताउनुभयो ।

भक्तजनहरुको आकर्षा बढ्न थालेकाले मन्दिरको भेटीलाई एकीकृत गरि सो क्षेत्रको विकासमा लगानी गर्न सुरु गरिएको समितिले जनाएको छ । समितिले यस वर्षेखि साप्ताहीक रुपमा मन्दिरमा भक्तजनले चढाउने भेटी र्सार्वजनीक गरी स्थानीय गलेश्वर बहुुउद्देश्यिय सहकारी संस्थामा जम्म्ाा गर्न थालेको छ ।

गलेश्वरको विकास र संरक्षणमा स्थानीयबासी, युवा क्लव र आमा समुह पनि सक्रिय रहँदै आएका छन् ।

No comments: