Friday, August 27, 2010

सामुदायीक प्रहरी सेवा केन्द्रमा आकर्षा

म्याग्दीका र्सवसाधारण स्थानीय तहमा हुने समस्या समाधानका लागि सामुदायीक प्रहरी सेवा केन्द्रमा आकषिर्त भएका छन् ।

प्रहरी र अदालतको तुलनामा सामान्य समस्या समाधान गर्नका लागि केन्द्रको सेवा प्रभावकारी बनेपछि र्सवसाधारण यसतर्फआकषिर्त भएका हुन् ।

छिटो, सहज र र्सवसुलभ तवरले सेवा पाईने भएपछि केन्द्रमा मुद्दाको चाप बढ्न थालेको सामुदायीक प्रहरी सेवा केन्द्र बेनीकी अध्यक्ष रेखाकौशल रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरेलु झगडा, महिला हिंसा र आपसी बिवादका घटनाका मुद्दा बढेका हुन् । केन्द्रले कुने शूल्क नलिई पिडक र पिडित दुवै पक्षबीच समन्व्य गरि मुद्दा मिलाउने गरेको छ ।

२०६५ माघ देखि २०६६ माघ ९ गते सम्म ६६ वटा मुद्दा सहमतिमा मिलाएको थियो । २०६६ माघ देखि हालसम्म १९ वटा मुद्दा मिलाईएको केन्द्रले जनाएको छ ।

२०६१ सालमा स्थापना भएको केन्द्रले सामाजिक समस्या पहिचान र मध्यस्थता गर्दै समाधान गरी शान्ति सुरक्षा कायम राख्न सहयोग पुर्‍याउनुका साथै अन्य सामाजिक काम गर्न गर्दै आएको छ ।

धार्मीक र र्सार्वजनिक स्थान सरसफाई गर्ने, लागूपदार्थको प्रयोग घटाउन विद्यालय शिक्षा तथा सचेतना कार्यक्रम पनि सञ्चालन गरेको सदस्य बालकृष्ण शर्माले बताउनुभयो ।
म्याग्दी भदौ ११ गते ।

No comments: