Tuesday, August 17, 2010

पाच हप्तामा करिब ४ लाख रुपैया भेटी संकलन

नेपालको प्रसिद्ध तिर्थस्थल मुक्तिनाथ प्रवेशद्धारको रूपमा चिनिने म्याग्दीको घतान स्थित गलेश्वर मन्दिरमा पाच हप्ताको अवधिमा ४ लाख भन्दा बढी रकम भेटी संकलन भएको छ ।

गलेश्वरमा प्रत्येक वर्षmै यस वर्षो साउन महिनाको सोमबार शिवको पुजाआजा गर्न आउने भक्तजनहरूले पाच हप्तामा ४ लाख १ हजार ८ सय ४५ रुपैया भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोष प्रबन्ध समितिले जनाएको छ ।

पहिलो सोमबार देखिनै संकलीत भेटीलाई स्थानीय गलेश्वर बहुउद्देश्यीय सहकारी संस्थामा जम्मा गरिएको समितिका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । गलेश्वरमा भक्तजनले चढाउने भेटीको रकम यसै वर्षेखि मात्र र्सार्वजनीक गर्न सुरु गरिएको हो ।

पहिलो सोमबार ३८ हजार ६ सय ९४, दोस्रोमा ६२ हजार ५९, तेस्रोमा ८२ हजार ५ सय ६२ , चौथो सोमबार ९३ हजार ४ सय २३ र पाचौ सामबार १ लाख २५ हजार १ सय ८ रुपैया भेटी संकलन भएको समितिले जनाएको छ । संकलीत भेटी गलेश्वर क्षेत्रको भौतिक विकासमा लगानी गरिने समेत जनाइएको छ ।

यसैगरी मंगलबार गलेश्वर आमा समुह, गलेश्वर युवा क्लव,बज्रदल गण र स्थानीयबासीहरूले मन्दिर परिसर सरसफाई गरेकेा कोषाध्यक्ष बम बहादुर पुनले बताउनु भयको छ ।

No comments: