Tuesday, August 10, 2010

राहुघाट जलविद्युत आयोजनाको मुआब्जा वितरण

म्याग्दीमा निर्माण हुन लागेको राहुघाट जलविद्युत आयोजनाले अध्रि्रहण गर्ने जग्गा धनीहरूलाई करिब १० करोड रुपैया मुआब्जा वितरण गर्ने भएको छ ।

३० मेघावाट क्षमताको आयोजनाले राखुपिप्ले, दग्नाम र झिँ गाविसमा अध्रि्रहण हुने २ सय ८५ रोपनी जग्गाको धनीलाई मुआब्जा वितरण गर्न लागेको हो ।

अध्रि्रहणमा पर्ने खेत र पाखोलाई अब्बल, दोयम, सिम र चाहारमा वर्गीकरण गरि मुआब्जा वितरण गरिने आयोजनाका सहायक प्रशासकीय अधिकृत काशीनाथ दाहालले जानकारी दिनुभयो ।

आयोजनाले न्युनतम चाहार पाखोलाई प्रतिरोपनी १ लाख ३५ हजार रुपैया र अधिकतम अब्बल खेतलाई प्रतिरोपनी ५ लाख रुपैया मुअब्जा दिईने आयोजनाले जनाएको छ । गत कात्तिकमा मुआब्जा वितरण प्रत्रिया सुरु गरेपनि जग्गाधनीसंग सहमती जुट्न नसक्दा मुआब्जा वितरणमा ढिलाई भएको हो ।

पटक पटकको प्रयासमा असारमा जग्गाधनी र आयोजनाबिच सहमती भएको थियो । बुधबारदेखि मुआब्जा वितरण गर्न सुरु गरिने अधिकृत दाहालले बताउनुभयो । मुआब्जा वितरणसंगै पर्ुवाधार निर्माण पनि सुरु गरिने आयोजनाले जनाएको छ ।

आयोजनाको सिवील निर्माणका अर्न्तराष्ट्रिय स्तरका ४ र आवास भवनका लागि देशभित्रका ७ वटा कम्पनीले प्रास्ताव गरेका छन् । कम्पनी छनौट प्रक्रिया सुरु भएको आयोजनाले जनाएको छ ।

No comments: