Monday, August 23, 2010

जलविद्युत आयोजनाको विषयमा सहमति

म्याग्दीको शिख र घारा गाविसको सिमानामा जलविद्युत आयोजना निर्माण गर्ने विषयमा उत्पन्न बिवाद समाधान भएको छ ।

बिवादीत बनेको लगानीकर्ता र आयोजनाको नामका विषयमा आईतबार घारामा भएको र्सार्वजनीक भेलामा सहमति भएको हो ।

आयोजना निर्माण गर्न चासो देखाएका म्याग्दी हाईड्रो पावर कम्पनीका सञ्चालक अर्जुन पौडेल, शिख घारा हाईड्रोपावरका सञ्चालक बिनोद भट्टचन, स्थानीयबासी र सरोकारवालाको भेलाले निर्माण प्रक्रिया अघि बढाउने निर्ण्र्ाागरेको छ ।

आयोजनाको नाम शिख घार हाईड्रो पावर राख्ने, दुवै कम्पनीको संयुक्त लगानीका साथै स्थानीयलाई पनि  लगानी गर्न अवसर दिने निर्ण्र्ााभएको स्थानियबासी सहकर्मी राजेश पाण्डेले जनाउनु भएको छ ।

८ दशमलव ३ मेघावाट क्षमताको सो योजनामा १ अर्व ६० करोड लागनी हुने अनुमान गरिएको छ । विद्युत उत्पादनका लागि अनुमती लिएका दुवै कम्पनीले संयुक्त रुपमा आयोजना निर्माण गर्ने भएका हुन् । साना लगानी कर्तालाई पनि १ घर १ सेयरको व्यवस्था गर्दै निर्माण प्रक्रिया पनि सुरु गर्ने सहमति भएको छ ।

आयोजना सरोकार समितिका अध्यक्ष बहुतबहादुर बरुवालको सभापतित्व र सचिव गोकुलबहादुर बरुवाललको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा शिख, पाउद्धार, घार र खिवाङका बासिन्दाका साथै राजनितिक दलका प्रतिनिधी पनि सहभागी भएका थिए ।
म्याग्दी भदौ ७ गते .

No comments: