Monday, August 30, 2010

कहिल्यै पानी नसुक्ने ढुङ्गामाथिको पोखरी , पर्यटकको आकर्षा वन्यो

म्याग्दीको घतान गाबिसमा पर्ने गलेश्वर मन्दीर परिसरमा रहेको बराह कुण्ड त्यहा पुग्ने आन्तरीक तथा बाहृय पर्यटकका लागि आर्कषणको केन्द्र बन्दैगएको छ ।

चट्टान माथि अबस्थीत कुण्डको प्रमुख आर्कषण भनेको कुण्डमा  पानी कहिल्यै नसुक्नु हो । यो कुण्डमा पानीको सतह जस्तोसुकै खडेरिमा पनि सुक्दैन र यसको जलको प्रयोगले बिभिन्न रोग निको हुने पनि दाबि गर्नु हुन्छ मन्दीरका पुजारी तथा शिक्षक भिमदत्त पौडेल । ' ढुङ्गा माथिको वराहा पोखरी विदेशी पर्यटकहरुको आकर्षाको केन्द्र त वनेको नै छ , साथै यसको धार्मिक तथा ऐतिहाँसिक महत्व पनि अझै महत्वपर्ूण्ा रहेको छ । यहाँको पानीले विभिन्न रोगहरु निको हुनुको साथै आत्म शान्ती पनि प्राप्त हुन्छ ।'

प्रशस्त पर्यटकीय तथा आध्यात्मिक  संभावनाको रुपमा रहेको कुण्डलाई प्रचार प्रसार गर्न नसक्नु पनि यो कुण्ड पछाडि पर्नु को कारण भएको मन्दिरका मूल पुजारी यामप्रसाद आचार्यले वताउनु भयो । यस्ता पर्यटकिय धार्मिक स्थलको प्रचार प्रसार गर्न सकेमा  म्याग्दी जिल्लामा पनि केहि छ भन्ने कुरा थाहा हुनेछ  । कुण्डको इतिहासको बारेमा मन्दीरका मुल पुजारी याम प्रसाद आचार्य भन्नुहुन्छ ' करिव २ सय ४५ वर्षपहिला प्राकृतिक रुपमा नै निर्मित यो कुण्डमा वराहा भगवानले आराम गर्नु भएको जनविश्वास रहेको छ । पछि स्थानीय व्यक्तिहरुले पुजा आजा गरी शेषसायी भगावान विष्णुको मुत्रि स्थापना गरेपछि यसको  व्यापक रुपमा पुजाआजा गर्ने परम्परा रहेको छ ।'

यो कुण्डमा जुन समयमा पनि पानि निरन्तर रहि रहन्छ यसको बिचमा बुढा निलकण्ठको मर्ुर्ति रहेको छ २०५६ सालमा कुण्डलाइ बार बाध लगाइएको थियो । सात्र अनुसार यसको उत्पत्तीको निस्चीत समय नभय पनि गलेश्वरको स्थापना संगै कुण्डको उत्पत्ती भयको भनाइ छ । यस्ता महत्वपर्ुण्ा ठाउ भयपनि सम्बन्धीत निकायको उचित ध्यान नपुग्दा यो कुण्ड  पानी जम्मा भएको ठाउको रुपमा रहेको छ ।

आफ्नो  ठाउमा  रहेका यस्ता महत्वपर्ुण्ा  ठाउहरु संरक्षणको अभाबमा पछाडि परेको स्थानिय भरत बहादुर मल्लले वताउनु भयो । यो समस्याले गलेश्वरको मात्र नभयर सम्पुण पर्यटन क्षेत्रलाइ पनि प्रभाब पार्न सक्छ सथानिय  स्तरमा भयका यसता स्थानको संरक्ष र प्रचार प्रसार गर्न सकेमा पर्यटन बर्ष२०११ लाइ सफल बनाउन पनि सघाउन महत्व पर्ुण्ा  भुमिका खेल्न सक्छ । नजिक को तिर्थ हेला भने जस्तै  भयमा हामी  सबैलाइ प्रभाब पर्न सक्छ त्यसैले सम्बन्धति निकायले समयमानै ध्यान दिन जरुरी देखिन्छ ।

म्याग्दी भदौ १४ गते ।

No comments: