Sunday, August 15, 2010

सम्मान तथा विमोचन कार्यक्रम

धौलागिरी अञ्चलवाट नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिनिधित्व गर्नु भएका साहित्यकार प्रेम छोटाको सम्मान तथा  पर्वत र म्याग्दीका दर्ुइ साहित्यकारहरुका कृति विमोचन कार्यक्रम शनिवार वेनीमा सम्पन्न भएको छ ।

पर्वतका साहित्यकार राजेन्द्र पहाडीद्धारा लिखित शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तनको प्राज्ञ तथा कार्यक्रमका प्रमुख अतिथि प्रेम छोटा  र म्याग्दीका अग्रज साहित्यकार योगनाथ ढुङ्गानाको गरिमा कविता संग्रहको पर्वतका साहित्यकार तथा विशेष अतिथि शान्तिनारायण श्रेष्ठले विमोचन गर्नुभयो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि तथा प्राज्ञ छोटाले धौलागिरी अञ्चल साहित्यको क्षेत्रमा उर्वरभूमी रहेको वताउँदै यहाँका स्रष्टाहरुलाई राष्ट्रिय साहित्यको मूल धारमा पुर्‍याउन आफुले पहल गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

कालन्जर र पौलस्त्य जस्ता तपोभूमी रहेको धवलागिरी अञ्चलमा पुराना ग्रन्थहरु रहेका तर यसको खोजीनिति गर्ने निकायको उदासिनताका कारण ओझेलमा परेको वताउँदै प्राज्ञ श्रेष्ठले वागलुङको ढिकीचौरमा आदिकवि भानुभक्त आचार्यले पढेको प्रमाण भेटिएपछि साहित्यिक क्षेत्रमा धौलागिरी अञ्चलकै गरिमा वढेको छ भन्नुभयो ।

कार्यक्रममा धौलागिरी वहुमुखी क्याम्पसका प्रध्यापक षडानन्द पौड्याल, कृतिकार राजेन्द्र पहाडी, साहित्यकार शान्तिनारायण श्रेष्ठ र योगनाथ ढुङ्गाना लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

म्याग्दी साहित्य समाज म्याग्दीको आयोजनामा सम्पन्न सो कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष धुवलाल शर्मा, स्वागत मन्तव्य समाजका उपाध्यक्ष दामोदर घताने र  संचालन सचिव रामप्रसाद सुवेदीले गर्नुभएको थियो ।

No comments: