Thursday, August 26, 2010

निशूल्क स्वास्थ्य शिवीर सञ्चालन

ब्रिटीस गोर्खा वेयलफेयरको आयोजनामा सदरमुकाम बेनीमा निशूल्क स्वास्थ्य शिवीर सञ्चालन भएको छ ।

शुक्रबारसम्म सञ्चालन हुने शिवीरमा स्वास्थ्य परिक्षणका साथै स्त्रीरोग, दाँत र आँखाका बिरामीहरूको उपचार गरिने आयोजकले जनाएका छन् ।

पहिलो दिन बुधबार ९ सय जना बिभिन्न रोगका बिरामीले सेवा लिएका शिवीरका संयोजक गोविन्द गुरुङले जानकारी दिनुभयो ।

डाक्टरहरु सतिस गुरुङ, निर्माला र्राई, मेघा शेरचन, रत्न थापा र सृजना बज्राचार्यको टोलीले बिरामीको उपचार गरेको छ ।

शिवीरमा सदरमुकाम, आसपासका साथै जिल्लाका ग्रामिण क्षेत्र र छिमेकी पर्वत जिल्लाबाट पनि बिरामीहरू उपचारका लागि आएका छन् ।

शिवीरमा स्वास्थ्य परिक्षण र औषधी वितरण सहित सबै सेवा निशूल्क गरिएको संयोजक गुरूङले बताउनुभयो ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीहरूलाई लक्षित गरेर शिवीर सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

No comments: