Sunday, August 15, 2010

द्धन्द्धपिडितका लागि सरोकारवालाको कार्यक्रम

शनिबार बेनीमा भएको द्धन्द्धपिडित र सरोकारवाला निकायका प्रतिनिधीहरूको भेलाले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा जिल्ला द्धन्द्धपिडित सहयोग समिति, म्याग्दी गठन गरेको छ ।

सर्त्कर्म नेपाल बागलुङको संयोजनमा गठन भएको समितिमा जिल्ला स्थित राजनितिक दलका प्रतिनिधी, सम्बन्धित कार्यालयका प्रमुख, पत्रकार लगायत सहभागि भएको १७ सदस्यीय समिति गठन गरेको हो ।

यसैगरी सोही भेलाले भेषनाथ गौतमको अध्यक्षतामा ११ सदस्यीय द्धन्द्धपिडित अधिकार समाज, म्याग्दी पनि गठन भएको छ । दर्ुगाप्रसाद आचार्य सचिव रहनुभएको समितिका सदस्यहरूमा ओमकार रोका, ठकबहादुर पर्ुजा, एलिना खत्री, चिना आचार्य, सुरेन्द्र केसी, कुलप्रसाद रोकार्,र् इन्द्रबहादुर थापा, कृष्णलाल श्रेष्ठ, नरिसंह केसी लगायत रहनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवंम नवगठित समितिका अध्यक्ष प्रजिअ कुरुम्वाङले सहि सूचनाको अभावका कारण द्धन्द्धपिडितको सहि तथ्याङ्क संकलन गर्न नसकिएको बताउनुभयो ।

तथ्याङ्क र प्रमाणको अभावमा सबै द्धन्द्धपिडितहरुले उचित न्याय र सरकारले उपलब्ध गराएको सुविधा पाउन नसकेको कुरुम्वाङले बताउनुभयो । उहाँले सरकारले द्धन्द्धपिडितका लागि उपलब्ध गराएको राहत वितरण कार्यलाई प्राथमिकता दिने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव माधवप्रसाद रेग्मी, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, स्थानीय शान्ति समितिका संयोजक नेत्रबहादुर महत, जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरी र प्रहरी नायव उपरिक्षक नवराज भट्टले प्रतिबद्धता मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सर्त्कर्म नेपाल, बागलुङका अध्यक्ष सिताराम थापाले द्धन्द्धपिडितका परिवारहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका समस्या देखिएको बताउनुभयो । उहाँले राज्यले उपलब्ध गराएको सुविधामा टाँठाबाठाको पहुँच बढी भएको भन्दै सबैलाई समान सुविधा दिनुपर्ने बताउनुभएको थियो ।

अध्यक्ष थापाको सभापतित्व, संस्थाका मानवअधिकार प्रतिनिधी वियज रानाको सञ्चालन र जिल्ला प्रतिनिधी आकांक्षा रिजालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

No comments: