Sunday, August 15, 2010

एमाले मुस्ताङको अध्यक्षमा चन्द्रमोहन

नेकपा एमाले मुस्ताङको आईतबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनले चन्द्रमोहन गौचनको अध्यक्षतामा ४३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

जिल्ला उपाध्यक्षमा पेमा छिरीङ गुरुङ, सचिवमा देवबहादुर गुरुङ, सहसचिवमा आशबहादुर थकाली र महिला सदस्यहरूमा टासी वाङ्दी गुरुङ, दिलकुमार थाकाली जमुना थकाली, शर्मीला गुरुङ, मिनकुमारी शेरचन, छिरीङ पाल्साङ गुरुङ, सिजु गुरुङ, ढोका गुरुङ, सुमित्रा पाईजा र टासी साङ्वो गुरुङ रहनुभएको छ ।
दलितबाट आशमाया परियार, रत्ने बिक रहनुभएको छ भने खुल्लाबाट मिमा डोप्तु गुरुङ, तासी फुञ्जो गुरुङ, ताक्ला गुरुङ, तोल्पी गुरुङ, ताक्ला आग्या गुरुङ, उत्तम गुरुङ, रमेश गुरुङ, बिनोद थकाली, रमेश भट्टचन र बिशाल शेरचन रहनुभएको छ ।

यसैगरी भुगोलबाट टासी वाङदी गुरुङ, मिङमार गुरुङ, आङ्जु गुरुङ, छिरीङ दोर्जे गुरुङ, आज्ञा गुरुङ, ताक्ला छुसाङ गुरुङ, छर्ेर्तेन गुरुङ, याङ रिङजीन गुरुङ, टेकबहादुर गुरुङ, नुवाङ चु गुरुङ, भुपेन्द्र शेरचन, महेन्द्र थकाली, आईतप्रसाद थकाली, सुरज गौचन, तेजेन्द्र गौचन र नविन भट्टचन रहनुभएको छ । त्यसैगरी केन्द्रिय प्रतिनिधि परीषद सदस्यमा शंखलाल गुरुङ्ग चयन हुनु भयको छ ।

र् र्सवसहमतीमा नेतृत्व चयन गरिएको भनिएपनि उपल्लो र तल्लो मुस्ताङका कार्यकर्ताहरूको बिवादका कारण दलितहरुलाई पाखा लगाईएको भन्दै पर्ूव जिल्ला कमिटि सदस्य भिम रर्साईलीको नेतृत्वमा दलित समुदायका कार्यकर्ताहरुले नेतृत्व चयन प्रक्रिया बहिस्कार गरेका थिए ।

निर्वाचित जिल्ला कमिटिका सदस्यहरूले पार्टर्ीीदस्यता पाएको ५ वर्षछिमात्र जिल्ला कमिटिमा बस्न पाउने व्यवस्था विधानमा भएपनि क्राइटेरीया नपुगेकालाई पनि जिल्ला कमिटिमा राखिएको रर्साईलीले आरोप लगाउनुभयको छ ।

No comments: