Monday, August 30, 2010

गाउमा नै उच्चमाबि खुलेपछि बुहारीहरुलाई सुबिधा

म्याग्दीको बरंजा गाविसस्थित महेन्द्र रत्न उच्च माध्यमिक विद्यालयमा उच्च शिक्षाको व्यवस्था भएपछि  गाउँका बुहारीहरुलाई अध्यनका लागि सहज भएको छ ।

सो बिद्यालयले २०६६ सालदेखि स्तर उन्नति गरेपछि गाउँका वुहारीहरुलाई घरधन्दा सकेर उच्च शिक्षा प्राप्त गर्ने अवसर प्राप्त भएको हो ।

गाउँमै उच्च मावि स्थापना भएपछि  घरको धन्दा सकेर पढेने अवसर मिलेको भगवती रेग्मीले वताउनु भयो । गाउँमै उच्च मावि स्ांचालन भएपछि यहाँका छोरी वुहारीहरुले पनि उच्च शिक्षा प्राप्त गर्न पाएकोमा खुसी लाग्ोको  उच्च माबिका संयोजक याम बहादुर रोका मगर जानकारी दिनुभयो ।

  घरको धन्दा सकेर बुहारी भगबति रेग्मीलाई गाउमै उच्च शिक्षा पढाउन पाएकोमा खुसी लागेको  चिन्ता मणि आचार्य बताउनु हुन्छ । गाउँमै उच्च शिक्षाको व्यवस्था भएपछि अव पढ्नकै लागि गाउँ छोडेर वाहिर जान नपर्दा खुसी लागेको  कक्षा १२ मा अध्यनरत पबित्रा रोकाले  बताउनु भयो ।

म्याग्दी भदौ १४ गते ।

No comments: