Sunday, August 29, 2010

ईजाजतपत्र नविकरण भएन्

म्याग्दी जिल्लामा मदिरा तथा सर्ुर्तिजन्य पदार्थ बिक्रीका लागि अनुमति लिई सञ्चालन भएका अधिकांश पसलहरुले अनुमतीपत्र नबिकरण गरेका छैनन ।
कोष तथा लेखा नियन्त्रण कार्यालय म्याग्दीका अनुसार गत आर्थिक बर्षा सर्ुर्तिजन्य पदार्थको बिक्रीका लागि ७६ जनाले अनुमती लिएपनि अहिले १४ जनाले मात्र नबिकरण गरेका छन ।
त्यस्तै गरी मदिराजन्य पदार्थको बिक्रीका लागि अनुमतीपत्र लिएका २ सय २९ जनामध्ये ४६ जनाले मात्र नबिकरण गरेका कार्यालयका लेखापाल त्रिबिक्रम शर्माले बताउनुभयो ।
मदिराको ब्यापारका लागिर् इजाजतपत्र लिन र नविकरण गर्न खुद्रा ब्यापारीले वाषिर्क रुपमा २ हजार र होटल तथा रेष्टुराँले ३ हजार रुपैया कर तिर्नुपर्छ । त्यसैगरी सर्ुर्तीजन्य पदार्थकोर् इजाजत पत्र लिन तथा नविकरण गर्न वाषिर्क १ हजार ५ सय रुपैया कर तिर्नुपर्छ । गत आर्थिक वर्षभत्रर् इजाजतपत्र नविकरण गरिनुपर्ने भएपनि हाल सम्म नहुँदा राजस्व छली भएको छ ।

अनुगमनको अभावमा पसल,होटलले इजाजत नलिई मदिरा विक्रि वितरण भइरहेको भएपनि त्यसलाई नियन्त्रण गर्न सम्बन्धित कार्यालयले सकेको छैन् । समयमै नविकरण नभएमा मदिरा नियम अनुसार ३ महिनामा २५ प्रतिशत, ६ महिनामा ६० प्रतिशत, ९ महिनामा ७५ प्रतिशत र १२ महिनामा जरिमानाको ब्यवस्था रहेको  छ ।
यो आर्थिक बर्षा पनि नबिकरण नगर्ने पसललाई कारबाही गरीने कोष तथा लेखा नियन्त्रण कार्यालय म्याग्दीले जनाएको छ । सम्बन्धित निकायले बजार अनुगमनमा ध्यान नदिएका कारण व्यापारीले पनिर् इजाजतपत्र नविकरण गर्न चासो नदिएका म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष र्सर्ुयप्रसाद मर्सर्ााले बताउनुभयो ।

म्याग्दी भदौ १३ गते ।

No comments: