Monday, August 30, 2010

मुस्ताङमा मुखियाको मनपरीतन्त्र राज्यले हैन मुखियाले कर असुली

मुस्ताङको सदरमुकाम जोमसोम र आसपासका मुखियाहरूले पछिल्लो समय सम्बन्धित गाविसमा ब्यापार तथा दैनिक मजदुरी गर्नेहरूसंग १ हजार पाच सय देखि १५ हजार रुपैयाँसम्म अबैध कर जबरजस्ती असुली गर्न थालेपछि जिल्लाबाहिरबाट यहाँ आएकाहरू एकाएक त्रसित बनेका छन् ।

वषौर्ं पहिलादेखि चलिरहेको अबैध मुखियाको एकछत्र राजको पछिल्लो शिकार जिल्लाबाहिरबाट मुस्ताङमा बसोबास गर्ने व्यापारी, मजदुर, कर्मचारी तथा र्सवसाधारणहरू परेका छन् । जिल्ला बिकास समितिले उठाउने गिटि बालुवाको कर समेत मुखियाले उठाउदै आएको जिबिस कर्मचारी बताउदछन ।

जोमसोममा प्रिया रेष्टुरेन्ट सचालन गदैआएका गुल्मीका मोहन कडेललाई ६ हजार, लमजुङ घर भै जोमसोममा तरकारी ब्यबसाय गर्ने सिता मौरतीलाई २ हजार, मार्फा गाबिसका बिकास ज्वारचनलाई १५ हजार, पर्बत धाईरिङका बिष्णु रिजाललाई २ हजार, निरु गुरुङलाई १५ सय, किपल गुरुङलाइ ८ हजार, गणेश बिकलाई ४हजार ५ सय, गोबिन्द बिकलाई १ हजार ८ सय, झोङ गाबिसका पेमा गुरुङलाई १ हजार पाच सय,  लगायत करिब ३५ जनासगं जबर जस्ती रकम असुल गरेका छन । चार्टर एकाउन्टेन्ट समेत रहनु भयका मार्फाका बिकास ज्वारचन आफु मुस्ताङकै परेकाले यस बिषयमा थपबोल्न उचित नहुने भन्दै दोहोरो कर बिश्वमै नहुने बताउनु भयो । उहाले आफुहरु पर्वतको बेनीमा बषौ बसे पनि यस्तो कर भने कसैले उठाउन नआएको बताउनु भयो ।

जोमसोममा ब्यवसाय गर्दैआएका ब्यापारीहरूबाट पछिल्लो समय अबैध कर लिइरहेको भएपनि त्यहाँको प्रशासनले उक्त कदमका बिरुद्ध कुनै पहल चाल्न सकेको छैन ।

मुखियाहरुको गाउँ भेलाले गरेको निर्ण्र्ााभन्दै उनिहरुले जोमसोम बाहेकका क्षेत्रबाट आएका सवैलाई कर उठाउने अभियान संचालन गरेका हुन् । गाबिस सचिब ऋषि राम भण्डारी आफुलाई कुनै जानकारी बिना मुखियाले कर उठाएको बताउनु हुन्छ । सबैनेपालीले सरकारले अबैध ठहर गरेका बाहेक राज्यलाई कर बुझाए पछि जहा सुकै बस्न, ब्यापार ब्यबसाय गर्न पाउने अधिकार रहेको बताउदै आन्तरीक राजश्व कायालर्य बाहेक कसैलाईलाई यस्तो कर लिने अधिकार नरहेको कोष तथा लेखा नियन्त्रकको कार्यालय जोमसोमका प्रमुख यदु नेेेेेपालले बताउनु भयो ।

आँफुहरूलाई मुखियाहरूले अबैध रुपमा मनोमानी कर असुलि रहेको स्थानीय प्रशासनलाई पटक पटक माौखिक जानकारी गराउदा पनि जिल्ला प्रशाशनका केहि कर्मचारीले मुखियाकै पक्षमा र्समर्थन गरेको भन्दै व्यापारीाहरूले जिल्ला प्रशासनको समेत आलोचना गरेका छन् ।

जोमसोम बाहिरका र्सवसाधारणहरूबाट कर लिएको प्रतिक्रिया दिँदै जोमसोमका मुखिया तेज प्रसाद थकालीले आफुहरूले वर्षौ पहिलादेखि बिभिन्न शिर्षमा जिल्ला बाहिरबाट मुस्ताङमा बसोबास गदर्ैर्ैैएका व्यक्तिहरूसंग औकात अनुसारको कर लिएको स्वीकार गरेका छन ।

म्याग्दी भदौ १४ गते ।

No comments: