Monday, August 16, 2010

आकर्ष बनाउने पेशामा महिलाको आकरसत

बढ्दो सहरीकरणसंगै फेरीदो जिवनशैलि, आधुनीक र प्रतिस्पर्धाको युगमा मानिसले आफ्नो पृथक पहिचान बनाउन चाहन्छ । सामाजिक, सांस्कृतीक, आर्थिक लगायत हरेक क्षेत्रमा फरक र उच्च पहिचान गराउन खोज्नु सफल मानिसको बिशेषता हो । व्यक्त गर्न नसके पनि आकर्ष र सुन्दर देखीनु स्वभाविकै हो । व्यक्तिगत सुन्दरताका कारण उसको फरक पहिचान पनि बनेको हुन्छ । स्वच्छ आहार, ब्यवहार र बिचारले मानिसलाई रुपमा मात्र नभएर हरेक क्षेत्रमा सुन्दर बन्न सघाउँछ ।

फेरीदो जिवन शैलिसंगै सुन्दरताका लागि स्वास्थ्य स्याहारको गर्न व्युटीपार्लरहरू आकर्ष स्थल बन्ने गरेका छन् । पार्लरमा गएर सुन्दर र आकर्ष बन्न खोज्ने देखि सिप सिक्नेहरूको आकर्षा दिनप्रतिदिन बढिरहेका बेला त्यसाको प्रभाव पहाडि जिल्ला म्याग्दीमा पनि परेको छ । व्युटीपार्लर व्यवसायले मानिसलाई स्वास्थ्य स्याहारमा सचेत त बनाएको छ नै यसबाट धेरै स्वरोजगार पनि भएका छन् ।

ब्यवसायको समाजमा बढ्दो सकारात्मक सन्देशसंगै ब्युटीपार्लर जानेहरुको संख्यामा पनि बृद्धी हुन थालेको हो । बेनीमा रहेका व्युटीपार्लरहरूमा ग्राहकको निकै आकर्षा बढेको छ । सुरुका दिनमा व्यवसाय सञ्चालन गर्न कठिन भएपछि पछिल्ला समय निकै सजिलो भएको व्यवसायीहरू बताउँछन् । बेनी स्थित फेमीना ब्युटी पार्लरकी सञ्चालीका राधा मल्ल यो व्यवसायको राम्रो सम्भावना भएको बताउनुहुन्छ ।

घरायसी कामसंगै गर्न सकिने भएकाले व्युटीपार्लल व्यवसाय महिलाहरूका लागि स्वरोजगारका साथै आयआर्जनको राम्रो माध्यम बनेको हो । महिलामा मात्र नभएर व्युटीपार्लन जाने पुरुषहरुको संख्या पनि बढीरहेको छ ।  विगतमा ब्युटीपार्लर गएर अनुहारको स्याहार गर्न अप्ठ्यारो मान्नेहरु अहिले सहज रुपमा पार्लर जान्छन् । सदरमुकाम बाहेक ग्रामिण क्षेत्रका बासिन्दाहरू पनि ब्युटीपार्लर जान थालेका छन् । स्वास्थ्य स्याहारको माध्यमबाट स्वस्थ्य, आकर्ष र सुन्दरताकै लागि व्युटीपार्लर जाने गरेको नारच्याङकी बिञ्जु पुनको अनुभव छ ।

युवा पुस्तामा फेसीयल र हेयर स्र्टाईल लोकप्रिय बनेपनि प्रौद्धहरु पनि अन्य सेवाका लागि व्युटीपार्लर जाने गरेका छन् । व्युटीपार्लरमा भेटीएका अधिकांशको साझा भनाई हुन्छ 'आकर्ष देखिने चाहाना कसलाई पो हुन्न र - ब्युटीपार्लरमा फेसीयल, कपाल काट्ने, स्टेट गर्ने, रंग लगाउने, मसाज लगायतका सेवा लिन जानेको आकर्षा बढेको हो । बेनीमा रहेका साना ठूला गरि ९ वटा व्युटीपार्लरहरूमा दिनभर ग्राहक खाली हुँदैनन् । एउटा पार्लरमा दैनिक २० देखि ५० जना ६० सम्म ग्राहक आउने गरेको व्यवसायीहरू बताउँछन् । बेनी स्थित रोयर ब्युटी पार्लरकी सञ्चालीका संगीता श्रेष्ठ यो ब्यवसायबाट मनग्ये आम्दानी भएको बताउनुहुन्छ  ३ वर्षघि १५ हजार रुपैया लगानी गरेर ब्यवसाय सुरु गर्नुभएकी श्रेष्ठको हाल साढे ४ लाख रुपैया बराबरको व्यवसाय गर्नुभएको छ ।

व्युटी पार्लरमा बिशेष गरेर अनुहारको स्याहार र सरसफाई गर्ने गरिन्छ । शरिरका अन्य अंगहरू जस्तै अनुहारका लागि पनि ब्यायामको आवश्यकता पर्छ तर अन्य अंग जस्तो अनुहारको व्यायाम गर्नु सहज छैन् । अनुहारको ब्यायाम र सरसफाईका लागि फेसीयल गर्न पार्लरको आवश्यकता परेको हो । अनुहारमा सहज रुपमा रक्तसञ्चार गराउन फेसीयलको आवश्यकता पर्छ । फेसीयलले अनुहारमा भएका विकारहरु हर्टाई आकर्ष बनाउन सहयोग गर्छ । घरमै बसेर आफैले आफ्नोर् इच्छा र क्षमत्ता अनुसार अनुहारको स्याहार गर्न सक्ने भएपनि समाजमा सुन्दरतालाई ध्यान दिनेहरुलाई हेरिने नकारात्मक दृष्टिकोण र ज्ञानको अभाव भएको अवस्थामा उनीहरुका लागि पार्लरले सहज बनाएका छन् ।

केही सयमयता व्युटीपार्लर सम्बन्धि तालीम लिनेहरुको पनि संख्या बढेको छ । व्युटीपार्लर व्यवसायी राधा मल्लले हालसम्म २ सय जना भन्दा बढीलाई तालीम दिई सक्नुभएको छ भने श्रेष्ठले पनि मासिक ८/९ जनालाई सो सम्बन्धि तालीम दिईरहनुभएको छ । व्ययुटीपार्लरका लागि ६ महिने व्यवहारीक र प्रयोगात्मक तालीम लिनर्ुपर्छ । कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने र सेवाग्राहीको बढ्दो आकर्षाका कारण महिलाहरु व्युटीपार्लटर व्यवसायतर्फआकषर्ीत बनेका हुन् ।

समाजमा व्युटीपार्लर व्यवसाय सम्बन्धि नकारात्मक धारणा हटाउँदै व्यवसायीहरु संगठीत भएर अघि बढ्न सकेमा यो ब्यवसायले धेरैलाई सुन्दर र आकर्ष मात्र नभएर स्यम व्यवसायीहरु तथा यस तर्फआकषर्ीत भएकाहरुको पनि भविष्य सुन्दर बन्ने देखिन्छ ।

No comments: