Saturday, August 28, 2010

निशूल्क स्वास्थ्य शिवीर सम्पन्न

ब्रिटीस गोर्खा वेयलफेयरको आयोजनामा सदरमुकाम बेनीमा सञ्चालन भएको निशूल्क स्वास्थ्य शिवीरबाट ३ हजार जना भन्दा बढी लाभान्वित भएका छन् ।

बुधबारदेखि ३ शुक्रबार सम्म सञ्चालन भएको शिवीरमा स्वास्थ्य परिक्षणका साथै स्त्रीरोग, दाँत र आँखाका ३ हजार ४ सय ३९ जना बिरामीहरूको उपचार गरिएको आयोजकले जनाएका छन् ।

तिन दिनसम्म ५ सय ४६ जना स्त्रीरोग, ५ सय ५५ दाँत सम्बन्धि र ८ सय ७८ जना आँखा सम्बन्धि रोगका बिरामीले सेवा लिएका शिवीरका संयोजक गोविन्द गुरुङले जानकारी दिनुभयो । शिवीरमा ३२ जना मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको थियो भने १ हजार ४ सय ६० जनाले साधारण स्वास्थ्य सेवा लिएका उहाँले जानकारी दिनुभएको छ ।
डाक्टरहरु सतिस गुरुङ, निर्माला र्राई, मेघा शेरचन, रत्न थापा र सृजना बज्राचार्यको टोलीले बिरामीको उपचार गरेको थियो । शिवीरमा सदरमुकाम, आसपासका साथै जिल्लाका ग्रामिण क्षेत्र र छिमेकी पर्वत जिल्लाबाट पनि बिरामीहरू उपचारका लागि आएका थिए ।

शिवीरमा स्वास्थ्य परिक्षण र औषधी वितरण सहित सबै सेवा निशूल्क गरिएको संयोजक गुरूङले बताउनुभयो । आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीहरूलाई लक्षित गरेर शिवीर सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

No comments: