Saturday, August 14, 2010

घरेलु हिंसा सम्बन्धि नियमावली बनाउनुपर्नेमा जोड

घरेलु हिंसा सम्बन्धि ऐन बनेपनि नियमावली नहुँदा ऐन कार्यान्वयन गर्न सम्ास्या परेको सरोकारवालाहरूले बताएका छन् ।

शुक्रबार बेनीमा सम्पन्न भएको अर्न्तक्रीया कार्यक्रममा सहभागि सम्बद्ध व्यक्तीहरूले नियमावलीको अभावमा महिलामाथि हुने घरेलु हिंसाका पिडकहरूलाई कानुनी कारबाही गर्न नसकिएको बताएका हुन् । सहभागिहरूले गरिबी, पृतीसत्तात्मक सामाजिक संरचना र सचेतनाको अभावमा घरेलु हिंसाका घटना हुने निष्कर्षपनि निकालेका छन् ।

 सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा म्याग्दीले आयोजना गरेको घरेलु हिंसा र मानव बेचबिखन विषयक अर्न्तक्रीया कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक नवराज भट्टले नियमावलीको अभावमा महिला हिंसाका घटनाहरु सहमतिमा टुंगीने गरेका बताउनुभयो ।

प्रनाउ भट्टका अनुसार अधिकांश घरेलु हिंसा सम्बन्धि मुद्दा परिवारका सदस्यसंग सम्बन्धित हुने गरेका छन् । उनीहरुको व्यक्तिगत सम्बन्धका कारण पनि यस्ता मुद्दा बाहीर नआउने गरेका प्रनाउ भट्टले बताउनुभयो ।

महिला विकास कार्यालय, म्याग्दीकी निमित्त महिला विकास अधिकृत कल्पना सापकोटाले संवेदनशिल घरेलु हिंसाका मुद्दा तत्कालका लागि सहमतिमा टुंङ्गाउने गरिएपनि हिंसाका घटना दिर्घकालीन रुपमा न्युनीकरण गर्नका लागि पिडकलाई कानुनी कारबाही आवश्यक रहेको बताउँदै नियमावली बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी जिल्ला सरकारी वकील कार्यालयका न्याधीवक्ता रामचन्द्र पौडेलले घरेलु हिंसाका मुद्दाहरू समाज र प्रहरीकहाँनै मिलाउने गरिएकाले अदालतसम्म पुग्न नसकेका बताउनुभयो । उहाँले ६ महिनायता कार्यालयमा महिला पिडित बनेका मुद्दा दर्ता नभएका भएपनि महिलाबाट पुरुष पिडित बनेका ३ वटा मुद्दा परेका जानकारी दिनुभएको छ ।

त्यसैगरी नेपाल रेडक्रस सोर्साईटी म्याग्दी शाखाले सञ्चालन गरेको मानव वेचबिखन बिरुद्ध तथा एचआईभि एड्स सम्बन्धि कार्यक्रमकी फिल्ड अधिकृतर् इश्वरा सुवेदीले गरिबी र सचेतनाको अभावमा मानव बेचबिखनका घटना हुने गरेको बताउँदै त्यस्ता घटना न्युनीकरणका लागि समुदाय र सम्बन्धित निकाय सक्रिय हुनुपर्ने बताउनुभयो ।

विभिन्न कार्यालयका प्रमुख, अधिकारकर्मी, राजनितिक दलका प्रतिनिधी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको कार्यक्रममा घरेलु हिंसाका मुद्दाहरु आपसी सहमतिमा मिलाउने गरिएकाले पिडीतले न्यायको अनुभुती गर्न नसक्ने बताईएको थियो । सहभागीले घरेलु हिंसा सम्बन्धि ऐन कार्यान्वयन गर्न छिटो नियमावली कार्यान्व्यन गर्नुपर्ने बताएका थिए ।

सामुदायीक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा म्याग्दीकी अध्यक्ष रेखाकौशल रेग्मीको सभापतित्व र सचिव सरोज बानियाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष साधनाकुमारी श्रेष्ठले घरेलु हिंसा सम्बन्धि अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो भने सहसचिव सुनीता केसीले स्वागत गर्नुभएको थियो ।

No comments: